२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वन हुँदै

२०७४, १४ माघ आईतवार ०७:२४

अच्युत रेग्मी / माघ १४, काठमाडौँ | रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ । 

पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ । 

कामपा–३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाहरुको दिवाली हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुदै आएको हो ।

काठमाडौँको बढ्दो जनसंख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ३९ घरधुरीले उक्त वनकोसंरक्षण गर्दै आएका छन् । 

रानीबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउनुहुन्छ । “यो वनमा पन्छी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”, उहाँ भन्नुहुन्छ । 

स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन प्रातःभ्रमण गर्ने महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको छ । सो वनमा हिउँदमा दैनिक ८०० देखि एक हजार र जाडामा ३०० देखि ५०० व्यक्ति प्रातःभ्रमणका लागि आउने गरेको अध्यक्ष शाह जानकारी दिनुहुन्छ । 

वनको बीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिसहरु देवीको दर्शनका लागि समेत जाने गरेका छन् । एकाबिहानै खुल्ने वनमा बिहान ९.३० बजेसम्म निःशुल्क प्रवेश र ९.३० देखि पछाडिकाले रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

जिल्ला वन कार्यालय काठमाडौँका प्रवक्ता गुरुप्रसाद दाहाल रानीबारी वनमा किरियापुत्री भवन निर्माण गर्नका लागि स्थानीयवासीले जिल्ला वन कार्यालयमा पटक पटक दबाब दिएको बताउनुहुन्छ । “चक्रपथभित्र सानो क्षेत्रमा रहेको वनमा अनावश्यक भौतिक संरचना बनाउँदा यो वनको अस्तित्व नै समाप्त हुने डरले हामीले किरियापुत्री भवन निर्माणका लागि स्वीकृति नदिएका हौँ”, उहाँ भन्नुहुन्छ । 

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको छ । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्यांक छ । 

वन विभाग, सामुदायिक वन महाशाखाका प्रमुख अनुजराज शर्मा हाल देशभर १८ लाख ७९ हजार ९९८ हेक्टर क्षेत्रफलमा १९ हजार ९१६ सामुदायिक वन रहेको बताउनुहुन्छ । ती वनबाट २५ लाख ४६ हजार ७६० घरपरिवार लाभान्वित भएका छन् । 

नेपालमा सामुदायिक वनको अवधारणा विसं २०३० साउन २५ देखि शुरु भएको हो । सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ