४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वन हुँदै

१४ माघ २०७४, आईतवार ०७:२४

अच्युत रेग्मी / माघ १४, काठमाडौँ | रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ । 

पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ । 

कामपा–३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाहरुको दिवाली हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुदै आएको हो ।

काठमाडौँको बढ्दो जनसंख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ३९ घरधुरीले उक्त वनकोसंरक्षण गर्दै आएका छन् । 

रानीबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउनुहुन्छ । “यो वनमा पन्छी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”, उहाँ भन्नुहुन्छ । 

स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन प्रातःभ्रमण गर्ने महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको छ । सो वनमा हिउँदमा दैनिक ८०० देखि एक हजार र जाडामा ३०० देखि ५०० व्यक्ति प्रातःभ्रमणका लागि आउने गरेको अध्यक्ष शाह जानकारी दिनुहुन्छ । 

वनको बीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिसहरु देवीको दर्शनका लागि समेत जाने गरेका छन् । एकाबिहानै खुल्ने वनमा बिहान ९.३० बजेसम्म निःशुल्क प्रवेश र ९.३० देखि पछाडिकाले रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

जिल्ला वन कार्यालय काठमाडौँका प्रवक्ता गुरुप्रसाद दाहाल रानीबारी वनमा किरियापुत्री भवन निर्माण गर्नका लागि स्थानीयवासीले जिल्ला वन कार्यालयमा पटक पटक दबाब दिएको बताउनुहुन्छ । “चक्रपथभित्र सानो क्षेत्रमा रहेको वनमा अनावश्यक भौतिक संरचना बनाउँदा यो वनको अस्तित्व नै समाप्त हुने डरले हामीले किरियापुत्री भवन निर्माणका लागि स्वीकृति नदिएका हौँ”, उहाँ भन्नुहुन्छ । 

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको छ । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्यांक छ । 

वन विभाग, सामुदायिक वन महाशाखाका प्रमुख अनुजराज शर्मा हाल देशभर १८ लाख ७९ हजार ९९८ हेक्टर क्षेत्रफलमा १९ हजार ९१६ सामुदायिक वन रहेको बताउनुहुन्छ । ती वनबाट २५ लाख ४६ हजार ७६० घरपरिवार लाभान्वित भएका छन् । 

नेपालमा सामुदायिक वनको अवधारणा विसं २०३० साउन २५ देखि शुरु भएको हो । सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ बुढीगण्डकी किनारमा एक वृद्धको शव फेला क्यानडा र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको… बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज ‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ? पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली, एक युवक गम्भीर घाइते  च्याउ खाँदा बिरामी परेका १० मध्ये एकको मृत्यु, एक गम्भीर नयाँ सरकार गठन हुने भ्रममा पर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ