२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्तचन्दनको कारोबार बन्द भयो त ?

२०७४, १४ माघ आईतवार ११:३३

माघ १४, बनेपा | बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क छ । 

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने रक्तचन्दन अरनिको राजमार्ग हुदै काठमाडौँ प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेपनि केही वर्षयता यसको अवैध कारोबार भए नभएको बारे प्रहरी समेत अनविज्ञ छ । 

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट रक्तचन्दन बरामत हुनुका साथै तस्कर समेत समातिएका थिए । 

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंम्खडाले सिन्धुपाल्चोकको तातोपानी नाका अवरुद्ध भएको र चीनमा पनि उत्पादन शुरु भएका कारण यसको कारोबार नभएको अनुमान लगाउनुहुन्छ ।

 उहाँ भन्नुहुन्छ – “सुनको अवैध कारोबार फाट्टफूट्ट सुनिन्छ तर यसको कारोबार सुन्नमा आएको छैन ।” 

रक्तचन्दनमा धेरै कडाइ भएपछि तस्करले शैलीपरिवर्तन गरेर रक्तचन्दनको तेलको अवैध धन्दा पनि चलाएका थिए । काठमाडौंमा केही वर्षअघि ९० लिटर रक्तचन्दनको तेलसहित केही व्यक्ति फेला परेपछि तेलको पनि कारोबार भएको कुरा खुलेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले चीनको मुख्य नाका तातोपानी बन्द भएका कारण रक्तचन्दको कारोबार नभएको हुनसक्ने आशंका गर्नुहुन्छ । 

रक्तचन्दन साइटिस सन्धिको अनुसूची– २ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले व्यापार– व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार– व्यवसायमा पूर्णरुपले प्रतिबन्ध लगाएको छ । सन्धि बमोजिम बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको सोही ठाउँमा पठाउनुपर्ने कानूनी प्रावधान छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी रु १६ हजारसम्मपर्छ । 

सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेका पत्रकार दिनेश थापा रक्तचन्दनको अवैध कारोबार गर्ने व्यक्तिले भारतबाट नै कारोबार गरेका कारण नेपालमा यसको नाम कम सुनिएको जानकारी दिँदै तातोपानी नाका बन्द भएपछि कारोबार नभएको बताउनुहुन्छ । 

नाका केही समय खुल्दा फाट्टफूट्ट कारोबार समेत भएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, रसुवा नाकाबाट रक्तचन्दनको कारोबार सम्भव नभएकाले तस्करले भारतबाट नै रक्तचन्दन चीन पठाउछन् । 

काभ्रेपलाञ्चोक क्षेत्रबाट केही वर्षअघि झण्डै ९०० किलो अवैध रक्तचन्दन बरामद भएको जिल्ला वन कार्यालयका अधिकृत अर्जुन खड्का जानकारी दिनुहुन्छ । उहाँका अनुसार बरामद भएका सबै रक्तचन्दन वन विभागलाई बुझाइएको र रक्तचन्दनको अवैध ओसारपसार सम्बन्धी– ८ वटा मुद्दा दायर भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै