२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीदढोकामा माल्यार्पण

२०७४, १६ माघ मंगलवार ०८:४१

नारायण न्यौपाने / माघ १६ , काठमाडौँ | जहानियाँ राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा मृत्युदण्ड पाएका शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको योगदान स्मरण गर्दै उहाँहरुको शालिकमा माल्यार्पण गरिएको छ । 


योगी नरहरिनाथ आध्यात्मिक परिषद्को अगुवाइमा भएको कार्यक्रममा सहभागी वक्ताले मुलुक र जनताको हितका खातिर बलिदान दिएका शहीदप्रति राज्यका तर्फबाट योगदानको कदर मात्र नभई शहीदढोकाको समेत सरक्षण हुन नसकेको गुनासो गर्नुभयो । 

‘शहीदगेट’को संरक्षण होस् 

परिषद्का अध्यक्ष शंकर पौडेलले भन्नुभयो, “२०६३ सालपछि यो ठाउँ उपेक्षित हुन पुग्यो, शहीदगेटको संरक्षण होस्, मुलुकमा प्रजातन्त्र ल्याउन जीवनको आहुति दिने चार महान् शहीदको उपेक्षा नहोस् । शहीदको बलिदानीपछि प्राप्त प्रजातन्त्रको असल अभ्यास नहुँदा देशले ठूलो राजनीतिक उतारचढाव व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रकै बलमा जनताका धेरै छोराछोरी मन्त्री, प्रधानमन्त्री भइसक्दा पनि शहीदको भावनाको सम्मान हुन नसकेको भनी आलोचना गर्नुभयो । 

अन्य वक्ताले राणाशासनविरुद्ध बलिदान दिने शहीदको भावनालाई सरकारले शिरमा राख्नुपर्ने तथा अरुले पनि उहाँहरुलाई बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो । 

राज्यका तर्फबाट शहीदढोकामा औपचारिक कार्यक्रम हुनुपर्छ भनी दवाव दिँदै प्रत्येक वर्ष माघ १६ गते त्यहाँ विभिन्न संघसंस्थाबाट श्रद्धाञ्जलि र माल्यार्पण कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

विसं २०१८ देखि २०६३ सालसम्म विश्वका २०० भन्दा बढी राष्ट्र प्रमुख एवं सरकार प्रमुखबाट पुष्पहार अर्पण र माल्यार्पण गरेको ऐतिहासिकस्थलको राज्यबाट विशेष रुपमा संरक्षण हुनुपर्ने माग त्यहाँ माल्यार्पण गर्न पुगेका व्यक्तिहरुले गर्नुभयो । इञ्जिनीयर शंकरनाथ रिमालले डिजाइन गर्नुभएको ‘नेपाल स्मारक’ विसं २०१८ मा उद्घाटन गरिएको थियो । शुरुमा यो हात्ती छिर्नसम्म मिल्ने गरी बनाइएकामा पछि दायाँबायाँबाट सवारी साधन चलाउन थालिएको थियो । 

नयाँ शब्दको खोजी 

“शहीदका नाममा अहिले राज्य र राजनीतिक दलबाट ठूलो दुरुपयोग भइरहेको छ, आफ्नै सरकारको नेतृत्व रहेका बेलामा भएको आन्दोलनमा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने प्रवृत्ति रोक्नुपर्छ, शहीदको मर्म र भावनालाई राज्यले बुझ्न र कदर गर्न जरुरी छ” शहीदप्रति श्रद्धासुमन प्रकट गर्दै पुराना राजनीतिकर्मी राधेश्याम थापाले भन्नुभयो । 

“अन्य गतिविधि र आन्दोलनमा मारिएका व्यक्तिलाई शहीद भन्नाको साटो बरु सम्मान गर्ने अर्काे नयाँ उपाय र शब्दको खोजी गरौँ” अध्यक्ष पौडेलले भन्नुभयो । 

तात्कालिक राणा शासकले प्रजातन्त्रवादी होनहार युवा शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई १९९७ सालमा फाँसी दिएर तथा गोली हानी हत्या गरेको थियो । कामपाको आयोजनामा माघ दोस्रो सातामा शहीद सप्ताह मनाउँदै आइएको छ भने माघ १६ गते सार्वजनिक बिदा दिइँदै आएको छ । 

प्रारम्भमा ‘नेपाल स्मारक’ नाम दिइएको ‘शहीदगेट’मा माथि राजा त्रिभुवन र तल चार शहीदका शालिक छन् । शहीदढोकाको रेखदेखमा भने लक्ष्मणसिंह खड्का जुटिरहनुभएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार