२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सम्झीएनन् सहिदलाई राजनितिक दलहरुले !

१७ माघ २०७४, बुधबार ०१:१७

टेकबहादुर शाही | माघ १७, डोल्पा । डोल्पा जिल्लामा कुनै पनि राजनितिक दलले सहिदालइ सम्झन सकेनन् । सहिद दिवसको अबसरमा अघिल्ला बर्षहरुमा बिभिन्न कार्यक्रमरु हुने भए पनि यस बर्ष भने सहिदलाइ सम्झने कुनै पनि कार्यक्रमहरु गरिएनन् । 

देश र जनताका लागि आफनो प्राण त्यागेका सहिदलाई दविसका अबसरमा सम्झन पनि नसक्नु निकै दुखद कुरा भएको नेपाल पत्रकार महासंघका अध्यक्ष बबिकिशोर गूरुङले बताए । उनका अनुसार बिभिन्न काल खण्डमा सहिदहरुले दिएको बलिदानीले नै देशमा जनताले आमूल परिवर्तन पाएको बताए । 

जिल्लामा क्रियाशिल आधा दर्जन राजनितिक दलहरु भए पनि सहिद दिवसमा सहिदका सम्झनामा पुष्पगुच्छा, माला र अब्बिर सम्मको कार्यक्रम आयोजना गर्न नसक्नु निकै लज्जासपद भएको नागरिकहरु बताउछन् । सहिदका भरमा राजनिति गर्ने तर एक दिन दिवसको अबसरमा सम्झन पनि नसक्नुले सहितको अपमान गरेको नागरिकहरुको भनाइ रहेको छ । 

स्थानीय सरकार बने पछि सबैलाइ आ–आफनै राजनिति र आफनै सरकारको चिन्ता रहेको छ । जिल्लामा दलका सामान्य कार्यकर्ता र खाली पार्टि कार्यालय बाहेक अन्य कुनै पनि नेर्तत्व तहका नेता तथा कार्यकर्ताहरु जिल्लामा छैनन । सबै दलका नेता तथा कार्यकर्ताहरु शहर तिर नै रहेका छन । 

देशभरका सयौ सहिद र जनयूद्धमा डोल्पाका पहिला सहिद नन्दप्रसाद न्यौपाने लगायत अन्य दर्जनौ सहिद भए पनि कसैको सम्झना डोल्पाली जनता र नेताहरुले गर्न सकेनन । सामाजिक सञ्जालमा बिभिन्न ब्यक्तित्वहरुले बिभिन्न खाले भाषामा सहिदको सम्झना गरे पनि औपचारिक रुपमा भने सम्झन नसक्नुले सहिदको रगतको अपमान गरिएको धेरै नागरिकको आरोप छ । 

नेपालमा भएका बिभिन्न काल खण्डका आन्दोलनमा ज्यान बदिदान दिने सहिदलाइ जनताले पनि सम्झीनु पर्ने नागरिक अगुवाहरु बताउछन । जनताकै लागि बलिदानी दिएको भए पनि नेतृत्वमा राजनितिकि दल नै रहने भएकोले जिल्लामा सामान्य कार्यक्रम सम्म गरी सहिदलाइ सम्झनु पर्ने उनिहरुले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव