२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५२ वर्षपछिको दुर्लभ खग्रास चन्द्रग्रहण समाप्त

२०७४, १७ माघ बुधबार १७:१७

माघ १७, काठमाडौँ | माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । 

बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

माथिको तश्विरमा: वीरगञ्जबाट बुधबार देखिएको खग्रास चन्द्र ग्रहण । तस्बिर: विजयकुमार महतो / पर्सा,रासस

ग्रहणका समयमा शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकले बिहान आठ बजेर ५५ मिनेटदेखि नै खान नहुने मान्यता छ । ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, मैथुन लगायत काम पनि गर्नु नहुने उहाँले बताउनुभयो । ग्रहण निमित्तिक देवपूजा, तर्पण, श्राद्ध आदि भने गर्नु हुने शास्त्रोक्त विधान छ ।

धर्मशास्त्रीय मान्यता अनुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाले मात्र हेर्नुहुने समितिले स्वीकृत गरेका पंचागमा उल्लेख गरिएको छ । यी राशि भएकाले पनि खुला आँखाले ग्रहण हेर्नु हुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुख प्राप्ति र मीन राशिकालाई चिन्ताको योग छ । 

तश्विरमा: बुधबार काठमाडौँबाट देखिएको खग्रास चन्द्र ग्रहण । तस्बिरः नवीन पौडेल, रासस

आजको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । 

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । 

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखिएको सोसाइटीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार