2026-07-25 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

माघ १८, काठमाडौं । हाइकिङका लागि फूलचोकी पुगेका जोन तामाङलाई ६ दिन पछी जिवितै उद्दार गरिएको छ । हाइकिङ पुगेर घर फर्किने क्रममा उनि जंगलबाटै बेपत्ता भएका थिए । 

रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली बुधबार सुरुमै फुलचोकीको टुप्पामा पुगेको थियो । त्यसपछि त्यहाँबाट तल झर्यो । 

खोजीको क्रममा लाकुरी भञ्ज्याङ जाने बाटोबाट उद्दारकर्ताहरु दायाँतर्फ लागेका थिए । रामकाजी तिवारी र चन्द्र आलेले बाटो छाडेर केहि तलतिर खोज्दै थिए । देख्दैमा डर लाग्दो ठाउँमा खोज्ने क्रममा करिब पौने ५ बजेतिर एउटा झोला भेटिएको थियो । झोलाकै आधारमा लडेको रुखको चेपमा एउटा मान्छे घोप्टो अवस्थामा देखियो । घोप्टो अवस्थामा टोपी स्पष्ट देखियो । जुन टोपी जोनको फोटोसँग मिल्दो थियो । तब जोननै हुन् भन्ने एकिन भयो र उद्दारकर्ताले उनलाई उनकै नामले बोलाए तब उनले हेरे र  रुन थाले । 

त्यतिकैमा उद्दारकर्ताहरुले उनलाई ‘तिम्रो नाम जोन हो भनेर सोध्दा उनले ‘हो’ भन्ने प्रतिकृया दिँदै टाउको हल्लाएर रोएका थिए । अनि उद्दारकर्ताले दिएको पानी र विस्कुट खाए । उद्दारकर्ताले जोनलाई उद्दार गर्ने क्रममा निकै सांस्ती झेल्नुपरेको थियो । त्यहाँ बाघको पाइला पनि देखेको उद्दारकर्ता बताउँछन् । 

उद्दारपछी राती सवा आठ बजे जोनलाई गोदावरीमा ल्याइयो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर गोदावरी झारेका थिए । 

उद्दारपछि अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचाररत छन् । उनि सामान्य बोल्न सक्छन् । उनलाई उद्दार गरि सकुसल अस्पताल ल्याइएको खबर पाए पछी उनको परिवार अस्पताल पुगेको छ ।

माथिको तश्विर: प्रकृति अधिकारीबाट 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक