२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विसं २०७५ का लागि १३ पात्रो स्वीकृत

२०७४, २२ माघ सोमबार ०८:०५

माघ २२, काठमाडौँ | नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । 

समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ । यस्ता तथ्य फरक परी चाड पर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ । 

यस वर्ष समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले सुनाउनुभयो । 

पञ्चाङ्गलाई व्यवस्थित गर्न समितिले मस्यौदा गरी संस्कृति मन्त्रालयमा पेश गरेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ऐन तीन वर्षअघिदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको छ । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको समितिलाई कानूनी आधार दिने सम्बन्धमा छलफल भइरहेको बताउनुहुन्छ । 

मन्त्रिपरिषद्ले ज्योतिष, धर्मशास्त्र, संस्कृति, नेवारी संस्कृति, गुरुङ, तामाङ एवं शेर्पा संस्कृति विज्ञसहितको नौ सदस्यीय समिति गठन गरेको छ । समितिको निर्णय बमोजिम पात्रोले स्वीकृति पाउने गरेका छन् । 

तिथि, बार, योग, नक्षत्र र करण पाँच अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँच अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ । 

समितिले स्वीकृति दिएसँगै पञ्चाङ्ग प्रकाशनको क्रम पनि शुरु भएको छ । फागुन पहिलो सातासम्म १३ वटै पञ्चाङ्ग निस्किसक्नेछन् । विवाह, व्रतबन्ध, शिलान्यासलगायत साइतका लागि पनि मानिसले पञ्चाङ्गको खोजी गरिरहेका हुन्छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा