२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको स्वास्थ्यचौकीमा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार

२०७४, २३ माघ मंगलवार ०६:०८

माघ २३, पर्वत | महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । 

गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा आए पनि अन्य पाँच स्वास्थ्यचौकीमा भने यस वर्षदेखि सो सेवा थप गरिएको हो । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उपचारका अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउन नपरोस् र तत्काल आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीबाट सेवा लिन पाऊन् भन्ने उद्देश्यले चौबीसै घण्टा आकस्मिक गर्भवती र सुत्केरी सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार विगतमा सञ्चालन हुँदैआएको प्राथमिक केन्द्रमा पनि जटिल किसिमका बिरामीको उपचार नहुने तथा दक्ष जनशक्ति नबस्ने समस्याले गर्दा स्थानीय महिलाले सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिकाले यस वर्ष रु १७ लाख विनियोजन गरी सबै स्वास्थ्यचौकीमा सुत्केरी सेवा दिन सकिने पूर्वाधार तथा जनशक्तिको व्यस्थापन गरिएको हो । ग्रामीण भेगमा चौबीसै घण्टा यातायात पहुँच नहुने र सामान्य परिवारले अर्थ अभावका कारण तत्काल अस्पताल पुर्याएर सुत्केरी गराउन नसक्ने अवस्थालाई ध्यानमा राखी सो सेवा तत्काल थप गरिएको पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आम महिला दिदीबहिनीलाई जनप्रतिनिधि आएपछिको पहिलो राहातस्वरुप यो सेवा थप गरिएको छ । गाउँपालिकाअन्तर्गत हाश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी र फलामखानीका स्वास्थ्यचौकीमा यो सेवा गत महिनादेखि सुचारु गरिएको हो ।” 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनशक्तिसमेत अभाव नहोस् भन्ने उद्देश्यले अनमी १२ र स्वास्थ्य संस्था सहयोगी १२ कर्मचारी पदपूर्तिसमेत गर्न थालेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी कर्मचारी माग गरिएको पौडेलले जानकारी दिनुभयो । 

“जीर्ण भएका संरचना पुनःनिर्माण, औषधिको पर्याप्त व्यवस्था, प्रत्येक टोल टोलमा स्टेचरको व्यवस्था, महिला स्वयंसेविकालाई समेत जिम्मेवारी प्रदान गरेर कुनै पनि नागरिक राज्यले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था गरेका छौँ”, अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

अहिले लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहितको सेवा र अन्य स्वास्थ्यचौकीमा अहेवको नेतृत्वमा कर्मचारी व्यवस्थापन गरिएको बताइएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै र प्रभावकारी रुपमा काम गरेको महाशिलाले शिक्षा क्षेत्रमा समेत सुधार योजना अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने