२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पाठेघर खसेकी रुपधनी सार्कीको निःशुल्क शल्यक्रिया

२४ माघ २०७४, बुधबार ०३:३६

टेकबहादुर शाही/माघ २४, डोल्पा । पाठेघर खसेरपछि समस्या खेप्दै आएकी रुपधनी सार्कीको निःशुल्क शल्यक्रिया हुने भएको छ । 

डोल्पा जिल्ला त्रिपूरासुन्दरी नगरपालिका १ की ३५ बर्षिया रुपधनी सार्कीको पाठेघर खसे पछि उनको शल्यक्रिया निःशुल्क हुने भएको हो । बर्षौ देखि पाठेघरको समस्या भोग्दै आएकी रुपधनीको निःशुल्क शल्यक्रिया क वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले गरिदिन लागेको हो । 


सानैमा बिबाह गरेरकी उनको २४ बर्षकी एक छोरी छीन । बिहान बेलुकी गुजारा चलाउन धौ धौ पर्ने सार्कीको परिवारमा ज्याला र मजुदुरीले दैनिकि चलि रहेको थियो । अरुकोमा मजदुरी गर्न जादा सकि नसकी ठुलाठुला भारीहरु बोक्नु पर्ने र समयमा भने जस्तो खाने कुरा खान नपाए पछि आफनो पाठेघर खसेको रुपधनीले बताइन । 

दिनभरि आराम गर्न पाइदैन खानको लागि पनि काम गर्नु पर्ने बाध्यता छ तर काम गर्दा पाठेघर खसि हाल्छ यो पिडाले मलाइ मर्न र बांच्नुको बनाएको छ रुपधनी दुखेसो पोख्छीन । 

चारवटा बच्चा छन पाल्नै पर्यो दुख नगरि पुग्दैन सबै पिडा लुकाएर दैनैनिकि चलाउदै छु रुपधनी भक्कानीन्छीन । सानैमा बिबाह गरेर बच्चा जन्मीए ठुलाभारि र सबै बल लगाएर काम नगरे दाम धेरै नपाउने र बिहान बेलुकी घरपरिको लागी चुलोमा आगो नबल्ने दयनिय अबस्थामा दैनिकी गुजारेको रुपधनी बताउछिन । उनि भन्छीन सयौ केजि सम्मका सामान पनि बोके रुपैयाको लागि त्यहि बेलामा मेरो पाठेघर खसेको रहेछ बर्षौ पछि थाहा पाए । 

दैनिकी चालउनकै लागि काम गर्नु पर्ने धेरै ठुलो समस्या बन्दै गयो कति पटक बिरामी पनि भए तर कसैले वास्ता गरेनन उपचार गर्न पैसा थिएन उनले खुदेसो पोखिन । 

उनि भन्छीन- 'श्रीमानलाइ भन्दा श्रीमानले पनि उल्टै गालि गरे काम गर्न अल्छी गरेर यस्तो कुरा गर्दैछस भनेर आरोप लगाए । मन खिन्न भयो मैले कुनै जवाफ दिन सकिन ।'

वातावरणीय कृषि तथा बिकास केन्द्र(केड) संस्थाबाट जोडिदार कार्यकर्ता आएको थाहा पाए आफनो समस्या लाज नमानेर उनिहरुसंग राखेपछि मेरो उपचार हुने खबर पाए बाच्ने आसा पलायो रुपधनि खुसि भइन । हर्सका आसु बगाउदै उनले भनिन अब नया जिवनको थालनि हुने भयो ।

दलित परिवार भएकै कारण पनि उपचारको लागि ठुलो सपना देख्न नसकिने सार्कीको बुझाइ रहेको छ । सबै महिलाले घरधन्दा मेलापात गर्नु पर्ने र ठुलाठुला भारि बोक्न पर्ने बाध्यताले पनि महिलाहरुको पाठेघर खस्ने गरेको उनको ठम्मयाइ रहेको छ । उनि भन्छीन लाज मान्ने बानी हाम्रो अन्य गर्नु पर्छ नत्र हामीलाइ लाजले नै मृत्यूको मुखमा लैजाने गर्दछ ।


वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले हाल सरकारी अस्पतालसँग सहकार्य गरेर डोल्पा जिल्लाका ४ जना पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरि उपचार गरि रहेको छ । त्रिपूरासुन्दरी नगरापालिकाकी दिर्घा रोकाया,कृष्णा कामी ,रसना बुढा र मुड्केचुला गाउपालिकाकी लाटी रोकायाको उपचार भइरहेको छ ।  

साविकको ५ वटा गाविसहरु त्रिपूराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिव २ सय ५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत महिलाहरु आङ खस्ने रोगबाट पिडित रहेको महिला शसक्तीकरण केन्द्र डोल्पाकी कोषाध्यक्ष काली चलाउनेले बताइन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड