2026-07-24 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युनियनद्वारा पत्रकार ढकालमाथि भएको आक्रमणको निन्दा

 माघ २४, काठमाडौँ | पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । 

‘नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलबार प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ’–युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी बोधराज ढकालको बसले ठक्कर दिएर मृत्यु भएको विषयमा आक्रोशित विद्यार्थीले मंगलबार गरेको प्रदर्शनको समाचार संकलनमा गएका पत्रकार ढकाललाई परिचयपत्र देखाउदा देखाउदै एक्लो पारेर प्रहरीले कुटेको भन्दै युनियनले कडा शब्दमा निन्दा गरेको हो । 

युनियनले पत्रकार ढकालमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्दै उनको उपचारको उचित व्यवस्था गर्नुपर्ने, पत्रकारलाई निर्वाध ढंगले समाचार संकलन गर्ने वातावरण मिलाउदै त्यस्ता घटना नदोहोर्याउने प्रतिबद्धताका लागि नेपाल प्रहरी र सम्बन्धित सबैमा सचेत गराएको छ । 

युनियनले प्रहरीको कुटपिटबाट घाइते बन्नुभएका पत्रकार ढकालको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक