2026-07-24 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैँडाको खागसहित दुई सैनिक पक्राउ

माघ २८, काठमाडौँ | संरक्षित वन्यजन्तु गैँडाको खाग राखेको अवस्थामा नेपाली सेनाका कार्यरत दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अवैधरुपमा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको अवस्थामा लैनचौरबाट गैँडाको दुई थान खागसहित उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 

नेपाली सेनामा कार्यरत गोरखा सिरान्चोक गाउँपालिका–२ बस्ने हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका–९ बस्ने कृष्णबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सैनिक प्रहरी गण, जंगीअड्डा भद्रकालीमा बुझाइएको व्युरोले जनाएको छ । उनीहरुसँगै पक्राउ परेका गोरखा सिरान्चोक गाउँपालिका–२ बस्ने डिलबहादुर ढकाललाई आवश्यक कारबाहीको लागि आज जिल्ला वन कार्यालय काठमाडौँमा बुझाएको ब्यूरोले जनाएको छ । 

उनीहरुको साथबाट फेला परेको खागको तौल एक किलो १८० ग्राम र ६४० ग्राम रहेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) मा गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद बिक्रि गर्ने, हस्तान्तरण गरी लिने दिने तथा वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने, ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक