2026-07-24 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज

माघ २८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । 

पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो । 

ट्राफिक चाप बढेका कारण हेटौँडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकाशमा जहाज होल्ड गर्नुपरेको विमान कम्पनीले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले पार्किङ र जहाजको चापका कारण लामो समयसम्म जहाज आकाश नै उडाइराख्नुपर्ने समस्या देखिएको बताउनुभयो । 

फागुन मसान्तसम्म विमानस्थलमाथि बाक्लो हुस्सु लाग्ने गरेका कारण बिहानको समयमा समेत जहाज अवतरण गर्न समस्या पर्ने गरेको छ । हाल विभिन्न ३० विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यस्तै आन्तरिकतर्फ १८ कम्पनीले उडान गर्दै आएका छन् । 

विमानस्थलको पार्किङस्थलमा नौ वटा जहाज बिसाउन सकिन्छ भने आन्तरिकतर्फ मिलाएर राख्दा बढीमा ३५ जहाज पार्किङ गर्न सकिन्छ । स्थान अभावका कारण लामो समयसम्म जहाज आकाशमै उडाइराख्दा यात्रुमा मानसिक समस्या देखिने खरता रहेको भए पनि पूर्वाधारको अभावमा समस्या समाधान गर्न नसकिएको प्राधिकरणको भनाइ छ । 

ट्राफिक समस्या धेरै देखिने भएका कारण विमानस्थलले एकै समयमा जहाज उडान तथा अवतरण नगर्न विमान कम्पनीलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाज लामो समय आकाशमै उडाइराख्दा त्यसबाट नकारात्मक असर पर्ने भएकाले अवतरण व्यवस्थापनको लागि हदैसम्मको प्रयास गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

हिउँदको समयमा हुस्सुका कारण पनि आन्तरिकतर्फका अधिकाँश उडान समस्यामा पर्ने गरेका छन् । बिहान ९ बजे मात्रै विमानस्थल पूर्णरुपमा खुल्ने भएकाले पनि तराई मधेशबाट राजधानी आउने जहाज निर्धारित समयमै अवतरण गराउन सकिँदैन । 

पछिल्लो पटक दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि जहाज व्यवस्थापनमा केही सहजता आएको बताइन्छ । पछिल्ला दिनमा कतार एयरलाइन्स सबैभन्दा बढी होल्डमा पर्ने गरेको बुझिएको छ । 

एयर ट्राफिक सर्भिसका प्रमुख सीताराम भण्डारीले ‘एयरट्राफिक कन्ट्रोलर’ को निर्देशनमा विमान कुनै पनि स्थानमा होल्ड गर्न सकिने व्यवस्था मिलाइएको र आवश्यकताअनुसार उडान तथा अवतरण गर्ने गराइएको जानकारी दिनुभयो । 

अत्यधिक ट्राफिक जाम हुँदा अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजलाई धार्के, बनेपा, मकवानपुरको आकाशमा होल्ड गर्नुपरेको छ । आन्तरिकतर्फको उडानमा रहने जहाजलाई उपत्यकाभित्रै भक्तपुर, कीर्तिपुर, स्वयम्भू, नलिन्चोकलगायत विभिन्न स्थानमा जहाज होल्ड गर्न लगाउने गरिएको छ । 

अत्यधिक मात्रामा स्वदेशी तथा विदेशी विमान कम्पनीले नियमितरुपमा उडान थप्दै गए पनि विमानस्थल विस्तार गर्नेतर्फ हालसम्म कुनै प्रक्रिया अगाडि बढाइएको छैन । 

‘एयर ट्राफिक’ जाम कम गराउन विमानस्थलको दक्षिणतर्फ दुई र पूर्वतर्फ समेत ‘पार्किङ वे’ थप गर्न लागिएको पनि लामै समय भइसक्यो । 

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले विमानस्थलको क्षमता नबढेका कारण निजी क्षेत्रलाई व्यापार प्रवद्र्धन गर्दै नागरिक उड्डयन सेवा सहज रुपमा प्रदान गर्न पनि कठिनाइ भएको बताउनुभयो । यो समस्या समाधानका लागि वैकल्पिक उपाय खोजिनुपर्ने उहाँको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक