२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा राष्ट्रिय परिचयपत्रको अन्तरक्रिया

२८ माघ २०७४, आईतवार १५:५५

टेकबहादुर शाही | माघ २८, डोल्पा | राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले कर्णलीमै पहिलो पटक डोल्पा जिल्लामा अन्तरक्रिया गरेको छ । राष्ट्रिय परिचयपत्रको बिषयमा नागरिकलाइ अग्रिम सुसूचित गराउनको लागि डोल्पामा पहिलो पटक अन्तरक्रियाको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामचन्द्र सुबेदिले जानकारि दिए ।

नेपाल सरकारले नागरिकलाइ दिने सबै किसिमका सेवा र सुविधालाइ एकद्धार प्रणाली मार्फत प्रदान गर्ने उद्धेश्यले सरकारले राष्ट्रिय परिचयपत्र लागु गर्न लागेको निर्देशक खुमकान्त आचार्यले जानकारि दिए । उनका अनुसार अब जति सक्दो छिट्टै नेपाल सरकाले राष्ट्रिय परिचयपत्र पूर्वको पाचथरबाट लागु गर्ने बताए । उनले भने सिह्दरबारमा लागु भई सकेको र अब पाचथर हुदै अन्य जिल्लामा कार्यान्वयन जान्छ । 

यसियाका २० भन्दा धेरै देशहरुमा यो सुबिधा प्रयोगमा ल्याइ सकेका छन भने दक्षीण यसियाका ५ वटा देशहरुका पनि प्रयोमा आइ सकेको अन्तरक्रियामा जानकारी गराइएको थियो । नेपालले पनि अब स्र्माट राष्ट्रिय परिचयपत्रको प्रयोग गरी नया प्रबिधिमा जाडीने कार्यकारी निर्देशक सवेदीले जानकारि दिए । 


२०६७ साल श्रावण १ गते स्थापना भइ हाल चौधौ चरणमा रहेको राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले अत्याधुनिक प्रबिधि सहित नेपालका हरेक नागरिकलाइ स्र्माट राष्ट्रिय परिचयपत्र प्रदान गर्ने निर्देशक आचार्यले जानकारि दिए । उनले भने अब नेपाली नागरिकले छिटो र छरितो रुपमा नेपाल सरकारले प्रदान गर्ने सेवा सविधाहरु प्राप्त गर्ने छन ।

पाचथरबाट पहिलो पटक बितरण गरिने राष्ट्रिय परिचयपत्र त्यस पश्चात अन्य जिल्लामा पनि प्रदान गर्ने नेपाल सरकार गृहमन्त्रालयको तयारी भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामचन्द्र सुवेदीले बताए । उनका अनुसार सकारात्मक रुपले बुझने गर्नु पर्ने र अनिवार्य रुपमा सबै पूर्वाधारहरु सहित दक्ष जनशक्तिको तयार गरि नागरिकलाइ छरितो राष्ट्रिय परिचयपत्रको सेवा प्रदानमा गर्नमा सहयोग मिल्ने बताए । 

अन्तरक्रियामा उपस्थित नागरिकले सुरक्षा कस्तो हुने,शिक्षाको प्रभाबकारि हुनु पर्ने अशिक्षित नागरिकले कसरि स्मार्ट राष्ट्रिय परिचयपत्र प्रयोग गर्ने भन्नेबारे समयमा नै सुसूचित गराउनु पर्ने नागरिकको सुझाब तथा जिज्ञासा राखेको थिए । हाल मौजुधा रहेका कर्मचारीलाइ प्रबिधि सम्बन्धी दक्ष बनाउनु पर्ने र यस्लाइ सकारात्मक रुपमा सुसूचित गराउन लाग्नु पर्ने नेपाल पत्रकार महांसघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले सुझाब दिए । 

पाचथरबाट प्रयोगमा आउने राष्ट्रिय परिचयपत्र अब भुगोलमै ठुलो क्षेत्रफल रहेको हिमाली जिल्ला डोल्पालाइ छनौट गरिदिए अझै जनताको उत्सुक्ता मेटिने उपस्थित सहभागिको आग्रह रहेको थियो । हरेक हिसावले पछि परेको डोल्पामा राष्ट्रिय परिचयपत्रको सेवा बिस्तार छिट्टै भए जनतामा चेतनाको अभिबृद्धि हुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार डोल्पा जस्तो दर्गम मानिने जिल्लामा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले प्राथमिकतामा राख्नु सौभाग्य र स्वागत योग्य रहेकोले सबै निकायले यस्मा निरन्तर लागि पर्नेमा सबै लागि रहने बताए । 


समयको ख्याल गर्नु पर्ने र हरेक कुरालाइ सकारात्मक सोचाइको बिकास गरेमा हरेक कुरा कार्यान्वयन हुने भन्दै जब सम्म नागरिकले स्मार्ट राष्ट्रिय परिचयपत्र पाउदैनन तव सम्म राष्ट्रिय परिचयपत्रको कार्यक्रम समापन नहुने भन्दै हरेक निकायबाट निरन्तर नागरिकलाइ सुसूचित गर्न कार्यकारी दिर्नेशक सवेदीले सबैलाइ आग्रह गरे । 

डोल्पा जस्तो हरेक कुरामा पछि परेको जिल्लामा राष्ट्रिय परिचयपत्र ब्वयवस्थापन केन्द्रले नागरिकको महत्वपूर्ण सेवाको बिषयमा पहिलो पटक जानकारी गराउने प्रयास गारइ दिइएकोमा डोल्पाली जानकारीकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाइ धन्यबाद ज्ञपान गरेको छन । डोल्पाली जनताको लागि सौभाग्यको कुरा भएको नागरिकको भनाइ छ । सबैले बुझे जति र सके जति सबैलाइ राष्ट्रिय परिचयपत्र सम्बन्धी जानकारि गराउने डोल्पाका नागरिकले प्रतिबद्धता गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा