२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

गाउँमा सडक पुगेपछि खच्चड विस्थापित

२०७२, १७ आश्विन आईतवार २०:५३

khacchad

योगेन्द्र
जोगी । असोज १८, संखुवासभा ।
कुनै वेला पहाडि जिल्लाको ट्रक भनेर चिनिने खच्चड पछिल्लो
समयमा देख्न पनि चिज हुँदै गएको छ । खाँदबारी बजारमा भएका उद्योग तथा पसलदेखि सामान ढुवानी गर्ने गतिलो
माध्यम थियो खच्चड । तर, विकासको गति संगै बग्रेल्ती बनेका सडकमा गाडि गुड्न थालेपछि खच्चडहरु कुना
पर्दै गएका छन् ।

धनकुटाको हिलेबाट सदरमुकाम खाँदबारी तीन
हजारभन्दा बढी खच्चडले ढुवानी गरे पनि यातायात संचालनमा आएसंगै बैकल्पिक मार्ग खोज्दै खच्चड व्यवसायी
विस्थापित भएका छन् । उनीहरुले खच्चड जिल्लाको सदरमुकाम खाँदबारी, चैनपुर, बाह्रबिसे, नुम लगायतका
ठाउँमा ढुवानी गर्थे, तर अहिले संखुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङ्का विकट गाउँमा मात्र सामान
ढुवानी गर्ने गरेको खच्चड व्यावसायी लाक्पा भोटेले बताए ।

धरान
धनकुटा हुदै खाँदबारीसम्म बस, ट्याक्टर र ट्याक्सी संचालन भएका छन् । सवारी साधनले उपभोग्य सामानदेखि
निर्माण सामाग्री ढुवानी गर्न थालेको छ । व्यवसायीले गाडीमा सस्तो ढुवानी हुने गरेको भन्दै खच्चडलाई
सामान बोकाउन छाडेका हुन् । सडकले खाँदबारी जोडेपछि खच्चड विस्थापित हुदै विकट गाउँतर्फ लगिएको छ ।
संखुवासभामा २०५७ सालमा खच्चड भित्रिएको हो ।

६० हजार रुपैयाका
दरले खरिद गरिएको खच्चड मूल रुटबाट विस्थापित भएपछि मूल्य घटेको व्यापारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से