२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा सिटामोल नपाएरै फर्कन्छन् बिरामी

४ फाल्गुन २०७४, शुक्रबार ०७:१४

फागुन ४, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । 

त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधि पठाएको थियो । उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो । “अहिले सिटामोलसम्म छैन, दैनिक बिरामी आउँछन् तर औषधि नहुँदा रित्तै फर्काउनु परेको छ”, त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सिर्जना रोकायाले भन्नुभयो । 

स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायतको जिम्मा नगरपालिकाको जिम्मामा भएको रोकायाले बताउनुभयो । “बारम्बार जानकारी गराउँदासमेत नगरपालिकाले ध्यान दिएको छैन,” उहाँले भन्नुभयो–“घण्टौँ हिँडेर बिरामी आउने गर्छन्, औषधि छैन भन्दै फर्कानु परेको छ ।” 

त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । सामान्य औषधिसमेत नभएको पहाडा स्वास्थ्य चौकीका प्रमुख कृष्ण कार्कीले बताउनुभयो । पाँचवटै स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल स्वास्थ्य केन्द्रमा कहिलेकाहीँमात्र देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । 

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले रु १५ लाखको औषधि र उपकरण खरिद गर्ने निर्णय गरेको भएपनि जनप्रतिनिधिको बेवास्ताका कारण खरिदमा ढिलाइ भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताउनुभयो । औषधि खरिदका लागि पहल गरिरहेको उहाँको भनाइ छ । 

पाँच दिनसम्म ज्वरोले थलिएर उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएकी ६० वर्षीया नौसरा बुढाले भन्नुभयो, “अस्पताल गएपनि खाली फर्काउँछन्, सिटामोल पनि छैन ।” 

जिल्ला अस्पताल दुनैका प्रमुख डा श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताउनुभयो । “नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दा अहिलेसम्म खरिद गरेको छैन,” उहाँले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा