मृगौला पिडित अधिकारीको जीवनरक्षार्थ सहयोग संकलन अभियान शुरु

Posted on: 28 Feb, 2016

सन्तोषकुमार गुप्ता, फागुन १६, भालुवाङ्ग ।

एकै दिन २१ हजार बढी नगद सहयोग रकम संकलन बिगत पाँच बर्ष देखि दुबै मृगौलाबाट पिडित रहेकी गोबरडिहा—२ बनघुस्री निवासी ३२ बर्षीय सिता अधिकारीको जीवन रक्षार्थ शनिबार देखि भालुवाङ्गमा सहयोग संकलन अभियानमा शुरु गरिएको छ ।

dang 1 दुबै मृगौला फेल भए पछि नयाँ मृगौला प्रत्यारोपणका गर्न आर्थिक नहुँदा सहयोगको पर्खाई रहेकी अधिकारीको जीवन रक्षार्थ सहयोग संकलन अभियान शुरु गरिएको हो । शनिबारबाट भालुवाङ्ग पुलचोक बजारबाट शुरु गरिएको अभियानको पहिलो दिन मात्र २१ हजार बढी नगद सहयोग रकम संकलन भएको मृगौला प्रत्यारोपण सहयोग संकलन समितीका संयोजक ऋषिराम बस्नेतले जानकारी दिए । अभियानको पहलो दिन भालुवाङ्ग पूल्चोक बजार स्थीत उज्जवल सुनचाँदी पसलका प्रोपाईटर रामबहादुर सुनारबाट २ हजार ५ सय ५, राप्ती हार्डवेयस्का प्रोपाइटर होमप्रसाद शर्माबाट १ हजार ५ सय, ऋषिराम खनाल १ हजार १०, रमेश पौडेल १ हजार ५, बलबहादुर चपाई ५ सय ५०, हरि खड्का ५ सय ५ र ओम खड्का ५ सय ५ नगद सहयोग गरेको अभियानका संयोजक बस्नेतले जानकारी दिए । त्यस्तै अभियानमा जगतप्रसाद पोख्रेल ५ सय, हिमाल एमसी ५ सय, बिष्णु रिजाल ५ सय, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती भालुवाङ्ग बुकिङ्ग काउन्टर ५ सय तथा अन्य साना रकम गरी जम्मा २१ हजार ९ सय ४५ रुपैयाँ नगद संकलन भएको अभियानका संयोजक बस्नेतले जानकारी दिए । पहिलो दिन सहयोग संकलन अभियानको टोली भालुवाङ्ग पूलचोक बजारको २ सय ४६ पसल तथा व्यवसायबाट सहयोग रकम संकलन गरेको अभियानले जनाएको । मृगौला प्रत्यारोपण सहयोग संकलन समितीका संयोजक ऋषिराम बस्नेतको नेतृत्वमा रहेको अभियानको टोली जयन्ती बस्नेतएमसी, बाबुराम थापा, सुमित्रा केसी, पवित्रा भण्डारी, सिता अधिकारी, सञ्चारकर्मीद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी रमेश पौडेल, दमकुमारी पौडेल, होमप्रसाद शर्मा, चेतनाथ बस्नेत र दमन्त एमसी रहेका थिए । अभियान आईतबार पनि भालुवाङ्गमा जारी छ । पिडित सिताको जीवन बचाउन देउखुरीका सबै बजार क्षेत्रमा घरदैलो सहयोग संकलन अभियान चलाउने अभियानका संयोजक बस्नेतले जानकारी दिए । अभियानमा मन खोलेरै सहयोग गरी सितालाई नयाँ जीवन दिन पनि संयोजक बस्नेतले सबैमा आग्रह समेत गरेका छन् ।

dang 2

यस बिषयमा तपाइको प्रतिक्रिया...!