२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको घुरुंगामा आधुनिक अल्लो उद्योग सञ्चालन

२०७४, ६ फाल्गुन आईतवार ०८:५२

फागुन ६, पर्वत | यहाँको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको यस्तो उद्योग खोलिएको छ । 

अल्लोको लोक्तालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा अजय थापाले बताउनुभयो । लघु उद्यमीका लागि थोरै समयमै धेरै उत्पादन लिन सकियोस् भन्ने उद्देश्यले थापाले उक्त प्रविधिको अन्वेषण गर्नुभएको हो । झण्डै रु २० लाखको लागतमा उद्योग खोल्न सफल भएको उहाँले बताउनुभयो । 

अन्वेषक थापाका अनुसार परम्परागत रुपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र व्यावसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रविधिको विकास गरिएको हो र यसले ग्रामीण क्षेत्रका लघु उद्यमीलाई फाइदा पुग्नेछ । नयाँ प्रविधिले अल्लोको भुवा प्रशोधनमा ठूलो मद्दत मिलेको र यो उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने स्थानीय उद्यमी रनमाया पुनको विश्वास छ । 

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि छ । परम्परागत रुपमा प्रशोधन गर्दा शारीरिक श्रम र समयसमेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले एक जनाबाटै सम्भव भएको पुनले बताउनुभयो । ‘नयाँ प्रविधि हाम्रा लागि बरदान नै भएको छ,’ उहाँले भन्नुभयो । पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपथ्र्यो । 

नयाँ प्रविधिको विकासमा कोरियाको विज्ञान प्रविधि मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङकङ विश्वविद्यालय, नेपाल इनोभेसन एण्ड इण्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय लगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । अल्लो प्रशोधनमा गाउँलेले धेरै समय र परिश्रम खर्च गरेका तर त्यसअनुसार लाभ लिन नसकेका कारण नयाँ प्रविधिको खोजी भएको थियो । 

लघु उद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पूरा भएको सुवेदीले बताउनुभयो । 

नयाँ प्रविधिसहित सञ्चालनमा आएको भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग यसै सातादेखि शुरु भएको हो । जिल्ला लघु उद्यमी संघका अध्यक्ष तथा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत र हङकङ विश्वविद्यालय कोरियाको प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्योगको उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन गर्दै उपाध्यक्ष महतले अल्लो प्रशोधनलाई व्यावसायिक बनाउन गाउँपालिकाले २० वर्षे उद्योग रणनीति बनाएर अघि बढेको जानकारी दिनुभयो । 

यसअघि उत्तरी पर्वतको सालिजामा उद्योग मन्त्रालयको सहयोगमा अल्लो प्रशोधन उद्योग सञ्चालनमा आएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने