भालुवाङमा चुनावी चहलपहल बढ्दो

Posted on: 27 Mar, 2016

सन्तोषकुमार गुप्ता, चैत १४, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा अन्य दिनको तुलनामा शनिबार र आईतबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । चैत १५ गते सोमबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद्धारहरु शुक्रबार साँझा देखि नै चुनावी प्रचार—प्रसारमा जुटेका हुन् ।

chunab प्रशग हो, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको, गत फागुन २८ गते भएको समितीको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत हुन नसके पछि चैत १५ गते सोमबार निर्वाचनको मिति तय गरिएको छ । सोही अनुरुप उम्मेद्धारहरु उपभोक्ताहरुको घरदैलोमा भोट माग्दै चुनावी प्रचारमा जुटेका हुन् । समूहको नयाँ कार्य समिती चयनका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग र सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीको प्यानल चुनावी मैदानमा छ ।

चुनावी प्रचार—प्रसारका लागि निर्वाचन समितीले चैत १४ गते आईतबार राती १२ बजे सम्मको समय निर्णधारण गरेको छ । अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानललाई नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको प्यानललाई एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन छ ।

सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्ग नेपाली काँग्रेस लालमटिया ईकाइ समितीका सचिव तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका पूर्व सचिव हुन् । त्यस्तै सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्की एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टीका पूर्व उपाध्यक्ष तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका निर्वतमान बरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्ष पदका दुबै उम्मेद्धार लालमटिया—३ पाखापानीका हुन् ।

सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका अध्यक्ष हस्तबहादुर गुरुङ्गले निर्वाचन अघि को बिजय हुने भन्ने बिषयमा अहिले केही नबोल्ने, मैले उपभोक्ताहरुको लागि कतिको काम गरेको छु, त्यो त मत परिणामले नै बताउँछ उनले भने । उपभोक्ताहरुको निर्णय नै मेरो सर्व मान्य हुने छ, गुरुङ्गले भने । हामी चुनाव प्रचार—प्रसारमा जाँदा पनि तपाईहरुबाटै थुप्रै आसा गरेका छौँ लगायतका प्रत्तिक्रिय आउको बताए । म पूर्व सचिव हुादाको कार्यकालमा ६ सय ३४ धारामा प्रयाप्त पानी प¥याएका थियौँ यस मानेमा मतदाताहरु मेरै पक्षमा छन् गुरुङ्गले भने ।

मेरो प्यानललाई बिजय बनाएमा हाम्रो कार्यकालमा खानेपानीको आफ्नै भवन बनाई उपभोक्तालाई सहज सेवा सुविधा दिने, सबै उपभोक्ताको घरघरमा स्वच्छ खानेपानीको दिर्घकालीन व्यवस्था गर्ने, २०७३ साल अषाढ मसान्त भित्र हाल वनिरहेको ५ लाख लिटरको पानी टंकीबाट पुलचोक, भालुवाङ, क्षेत्रमा पानी संचालन गरी उपभोक्ताको घरमा पु¥याउने, पाखापानी र लालमटिया क्षेत्रका उपभोक्तालाई आवश्यकता अनुसार पानी पु¥याउन पाखापानीमा रहेको वोरिङ सँग संझौता गरी निरन्तर उपभोक्ताको घरघरमा पानी पु¥याउने बताए ।

त्यस्तै पुरानो उपभोक्ताको हकमा सर्वेक्षणको आधारमा पुरानै दररेटमा ६ महिनाभित्र धारा सहितको मिटर जडान गर्ने, पुरानो उपभोक्ताको हकमा सर्वेक्षणको आधारमा पुरानै दररेटमा ६ महिनाभित्र धारा सहितको मिटर जडान गर्ने, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको क्षेत्रभित्रका गरिब तथा निम्न–स्तरका आयश्रोत भएका उपभोक्ताहरुलाई २०७३ साल भित्र ६ थान पानी मिटर निशुल्क उपलब्ध गराउन र एकल (महिला,पुरुष), अपाङ्ग, टुहुरा, अति विपन्न वर्गलाई छनोट गरी प्रति बर्ष ५ थान पानीको मिटर निःशुल्क वितरण गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै गुरुङ्गले ३ बर्षे कार्यकाल भित्रका प्राथमिकता योजनाहरु समेत चुनावी एजेण्डा रहेको प्रतिक्रिया दिए । सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानलका उम्मेद्धार तथा समर्थकहरुले शनिबार पुल्चोक बजार तथा पुरानो भालुवाङ्ग बजारमा चुनावी प्रचार—प्रसार गरेको सयुक्त लोकतान्त्रिक उपभोक्ता प्यानल चुनाव प्रचार—प्रसार समितकिा संयोजक नुमानन्द सुवेदीले जानकारी दिए ।

यता सयुक्त बामपन्थी प्यानलका अध्यक्ष टोपबहादुर कार्कीले आफ्नो पक्षमा अत्याधिक मत रहेकोले बिजय सुनिश्चत भएको दाबी गरेका छन् । हाम्रो कार्यकालमा नियमित रुपमा पानी बितरणमा सर्वसुलभता, समितीको छुट्टै भवन निर्माण, पुल्चोकमा निर्मित पाँच लाख लिटर क्षमता ट्याङ्कीबाट तत्काल पानी बितरण, साँझा बिहान दुई पटक पानी बितरण, समितीको हिसाब किताब व्यवस्थीत, बैज्ञानिक, स्पष्ट, पारदर्शिता बनाउने र भष्टचार मुक्त संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेद्धारी रहेको कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ ।

सोमबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा यसैबीच भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको चैत १५ गते सोमबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचन समितीले आईतबार समितीको कार्यालय भालुवाङ्गमा पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण तयारी पुरा जनाएको हो । बिहान ८ बजे देखि साझा ५ बजे सम्म हुने मतदान केन्द्रको तयारी, मतपत्र छपाई, पत्रचार, सुरक्षा व्यवस्थापन, मतगणा व्यवस्थापन, स्वम्सेवक व्यवस्थापन लगायत आन्तरिक सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिए ।

साँझा ५ बजे सम्म मतदान स्थलमा आईपुग्ने मतदाता उपभोक्ताहरुलाई निर्धकका साथ मतदानको व्यवस्था मिलाईएको संयोजक कुमाललेको जानकारी दिए । मतदान सकिए लगत्तै मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने गरी तयारीमा लागेको समेत संयोजक कुमालले बताए ।

साथै मतदाता उपभोक्ताहरुले मतदान गर्न आउँदा उपभोक्ता मतदाता परिचय—पत्र तथा आफ्नो परिचय खुल्ने प्रमाण अनिवार्य रुपमा लिएर आउन, उपभोक्ताहरुले कम्तीमा पनि २०७२ मंसिर मसान्त सम्मको पानी ग्राहक शुल्क बुझाएको हुनु पर्ने, अन्यथा मतदानबाट बञ्जित गराइने र मतदानको अधिकार स्वम् सदस्यता प्राप्त उपभोक्ताले मात्र पाउन संयोजक कुमालले जानकारी दिए ।

यसैबीच सोमबार हुने निर्वाचनलाई निश्पक्ष, धाधलिरहित बनाउन स्थानिय राजनितिक दल, स्थानिय संघसंस्था, सम्बन्धि सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, उपभोक्ता, मतदाता, उम्मेद्धार सबैमा अनुरोध समेत गरेको छ । निर्वाचन चैत १५ गते सोमबार बिहान ८ बजे देखि साँझा ५ बजे सम्म मतदान र मतदान पछि मतगणा शुरु गर्ने तथा सोही दिन नै मतपरिणाम संगै बिजय उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!