२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

४५ दिनमा अग्नी पिडितले पाए राहत

२०७४, ८ फाल्गुन मंगलवार १६:३६

टेकबहादुर शाही | फागुन ८, डोल्पा | मुड्केचुला गाउपालिका ९ होर्तका अग्नी पिडितले ४५ दिनमा राहात पाएका छन । पुस २६ गते होर्त गाउमा आगलागि हुदा ९ घर जलेर खरानी भएका थिए । घर जलेर खरानी भएका परिवारलाइ जिल्ला दैबिक उद्धार कोषले प्रति परिवार १५ हजार नगद राहात प्रदान गरेको जिल्ला दैबिक उद्धार कोषका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । 

आगलागीबाट घरवार घुमाएका ९ घर परिवारले ४ करोड बरावरको क्षेति ब्यहोरेका थिए । घर गुमाएका घरपरिवार महिना दिन बित्दा पनि आफन्तको घरमा बस्दै आएको पिडित शान्ती बुढाले बताइन । उनका अनुसार सरकारले दिएको यो राहातले घरपरिवारको दैनिकि चल्ने बताइन । उनि भन्छीन बस्ने घरको त आसा छैन लत्ता कपडा पनि छैन सबै गुम्यो ।

तश्विरमा: १–२ जिल्ला दैबिक उद्धार कोषबाट १५ हजार नगद र ब्लाङकेट प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाबाट बुझदै पिडित ६० बर्षीया कर्णबहादुर बुढा ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पा,नेपाल रेडक्रस सोसाइटि डोल्पा र नागरिक समाज डोल्पाले अग्नी पिडितको लागि संकलन गरेको १ लाख २ हजार नगद मुड्कचुलाका ९ घरपरिवार र त्रिपूरा सुन्दरी नगरपालिका पाहाडा ३ घरपरिवार गरि १२ घरपरिवारलाइ ८ हजार ५ सयका दरले राहात स्रुप हस्तानत्रण गरेको नागरिक समाज डोल्पाका अगुवा योगेन्द्र बुढाले जानकारि दिए । उनका अनुसार बिपतका बेलामा थोरै भए पनि दैनिकि चलोस भन्ने उद्धेश्यले संयूक्त राहात सँकलन गरेर पिडितलाइ सहयोग गरेको बताए । 

अग्नी पिडितका लागि नेपाल ग्रामिण तथा पुन निर्माण संस्था आरआरएनले पनि प्रति घरपरिवार ४ थान ब्लाङकेट र बाटो खर्च नगद ४ हजारका दरले मुड्केचुलाका ९ घरका साथै बाटो खर्च २ हजार र ४थान ब्लाङकेट त्रिपूरा सुन्दरी नगरपालिका पाहाडाका ३ घरपरिवारलाइ प्रादन गरेको जिवीको पार्जन तथा स्थानीय शासन अधिकृत छवि खानलले जानकारि दिए । प्रकोप जोखिम न्यूनिकरण सम्बन्धी काम गर्ने भएकोले संस्थाले सहयोग गरेको र यो सानो सहयोगले अग्नी पिडितलाई केहि हद सम्म भए पनि रहात पुग्ने सामाजिक सुपरभाइजर दिपक पाहाडिले बताए । 


तश्विरमा: पत्रकार महासंघ नागरिक समाज र नेपाल रेडक्रस सोसाइटिले संकलन गरेको नगद १ लाख २ हजार प्रमुख जिल्ला अधिकारीलाइ हस्तानत्रण गर्दै नागरिक समाजका अगवा । 

जिल्ला सदरमुकामबाट ४६ कोष टाढाबाट दुनैमा राहात लिन पुगेका अग्नी पिडितहरुले सहयोग गरिदिने जिल्ला दैबिक उद्धार कोष अन्य संघसंस्था र प्रकार महासंघलाइ दुखका पिडा पोख्दै भक्कानिदै लाखौ लाख धन्यबाद दिए । घर गुमेको छ बस्ने ठाउछैन आपन्तको घरमा आश्रय पाएका छौ हाम्रो सबै गुम्यो लौ न सरकार बाचाइ देउ पिडित कर्णबहादुर रोकाया राहात थाप्दै भक्कानिए । 


तश्विरमा: आरआरएन संस्थाले प्रदान गरेको ४ थान ब्लाङकेट बुझदै पिडित पिपला रोकाया

मनभरि पिडा लिएर राहात लिन आएका अग्नी पिडितहरुको पिडा उनिहरुको मात्र नभएर हामी सबैको हो सबैले मिलेर सहयोग गरौ भन्दै आफुले पनि हुने सम्मको सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले शानत्वना दिए । उनले भने नागरिक समाज, पत्रकारमहांसघ र रेडक्रसले सानो रकम जम्मा गरि पिडितलाइ प्रदान गरेको राहात करोडौमा मुल्याङकन गर्न सकिने बताए । 

सानो सानो रकमबाट हजारौ रकम अग्नी पिडितलाइ प्रदान गरेकोले सहि रुपमा सदुपगोग गर्न सबैले पिडितलाइ सुझाव दिए । प्रतिघर परिवारले नगद २३ हजार ५ सय रुपैया नगद र ४ वटा ब्लाङकेट पाएको जिल्ला दैबिक उद्धार कोष डोल्पाले जानकारि दिएको छ ।  


तश्विरमा: राहत बुझेका पिडितहरु दुख पोख्दै |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने