२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात कार्यालय भालुवाङमा आठ महिनामै ९५ लाख बढी राजश्व संकलन

२०७२, २५ चैत्र बिहीबार १०:५२

सन्तोषकुमार गुप्ता, चैत २५, भालुवाङ्ग । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ९५ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले २०७२ साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट ९५ लाख ३८ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

tax

 

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन करबाट ८५ लाख ९७ हजार ५ सय ७, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३ लाख ६० हजार १ सय १३ र रुट नबिकरणबाट ५ लाख ८० हजार ४ सय ८७ रुपैयाँ संकलन भएको जानकारी दिए ।

जस अनुसार साउन महिनामा सवारी साधन करबाट ८१ हजार ३ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट १३ हजार २ सय ९२ र रुट नबिकरणबाट ५३ हजार ८ सय ३७ रुपैयाँ गरी कुल १ लाख ४८ हजार ४ सय २९ रुपैयाँ, भदौ महिनामा सवारी साधन करबाट ३ लाख ८९ हजार ५ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३४ हजार ७ सय ५९ र रुट नबिकरणबाट ३९ हजार १ सय ४४ रुपैयाँ गरी कुल ४ लाख ६३ हजार ४ सय ३ रुपैयाँ र असोज महिनामा सवारी साधन करबाट १३ लाख ४१ हजार ५ सय ४०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७६ हजार २० र रुट नबिकरणबाट ६७ हजार ५ सय २४ रुपैयाँ गरी कुल १४ लाख ८५ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए ।

त्यसैगरी कात्र्तिक महिनामा सवारी साधन करबाट ९ लाख २६ हजार २ सय ५६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३१ हजार ८ सय ५० र रुट नबिकरणबाट ४७ हजार ५ सय ४७ रुपैयाँ गरी कुल १० लाख ५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा सवारी साधन करबाट १३ लाख ६४ हजार ९ सय २०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार ७ सय ९२ र रुट नबिकरणबाट ७० हजार ३ सय २ रुपैयाँ गरी कुल १४ लाख ८२ हजार १४ रुपैयाँ र पुस महिनामा सवारी साधन करबाट १६ लाख ६३ हजार २६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५९ हजार ३ सय ७२ र रुट नबिकरणबाट ९४ हजार ५ सय ९४ रुपैयाँ गरी कुल १८ लाख १६ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए ।

त्यसैगरी माघ महिनामा सवारी साधन करबाट १३ लाख ९७ हजार १ सय ५५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार २ सय ३० र रुट नबिकरणबाट ९९ हजार ३ सय ४ रुपैयाँ गरी कुल १५ लाख २२ हजार ६ सय ८९ रुपैयाँ र फागुन महिनामा सवारी साधन करबाट १४ लाख ३३ हजार ७ सय ३०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार १ सय ७० र रुट नबिकरणबाट १ लाख ६ हजार ९ सय ४४ रुपैयाँ गरी कुल १५ लाख ९३ हजार ८ सय ४४ रुपैयाँ राजश्व संकलन भएको बस्नेतले जानकारी दिए ।

आठ महिनाको अबधिमा सबै भन्दा बढी मंसिर महिनामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी आठ महिनाकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस २ सय ३६ जाँचपास तथा ३ सय ६६ रुट नबिकरण, मिनिबस ६३ जाँचपास तथा ६६ रुट वबिकरण, ट्रक १ सय २ जाँचपास तथा ३१ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी ट्याङ्कर १ जाँचपास र मिनिट्रक ७ जाँचपास तथा ६ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गमा अधिराज्य भरिका सवारी साधन यातायात निमावली अनुसार ६/६ महिनामा सवारी जाँचपास गरिने प्राबधान रहेको र रुट नबिकरण राप्ती अञ्चल भरिका सवारी साधनको ४/४ महिनामा गर्ने प्राबधान रहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । २०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेकोृ कार्यालयले जनाएको छ ।

कार्यालयमा सवारी नबिकरण जाँचपासका लागि देशका विभिन्न स्थानबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको । साथै सेवा ग्राहीहरुलाई छिटो छरिटो सहज रुपमा सेवा प्रदान गरिरहेको समेत कार्यालयले दाबी गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्गमै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन आए संगै हजारौँ यातायात व्यवसायहरु प्रतयक्ष लाभन्दित तथा हर्षित समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ