२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नारायणपुर महोत्सवमा उपस्थिति न्युन, नआए ५ सय जरीवाना (भिडियो)

२६ चैत्र २०७२, शुक्रबार १३:२६

बिष्णुकुमार देवकोटा/ चैत २७, दाङ । त्रिपुर १ नारायणपुरमा सुक्रबार देखि सुरुभएको महोत्सवमा जन सहभागिता अत्यन्त न्युन देखिएको छ । महोत्सवको शोभा यात्रामा अनिवार्य उपस्थितिका लागि उर्दि जारी गरिए पनि मुस्किलले ३ सय जना उपस्थित भएको देखिएको हो ।

“कृषि, व्यवसाय एवं पर्यटनमा प्रोत्साहनःदीगो अर्थतन्त्रका लागि अमूल्य योगदान भन्ने मुल नाराका साथ ” नारायणपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको शोभा यात्रा एवं उद्घाटन सत्र समारोहमा न्युन उपस्थिति देखिएको महोत्सवमा सहभागि शिव राज रोका ले बताउनु भयो ।
dang - mahotsabनारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद लम्सालको सभाअध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्य तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे र त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमान सिँह थापाको बिसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्था तथा पार्टिका प्रतिनिधिहरु ले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्रिपुर नगरपालिका स्थित गुर्जेखोलामा शव दाह स्थल निर्माण प्रायोजनार्थ महोत्सव संचालन गरिएको आयोजकलेदावि गरेको छ ।

चैत्र २६ गते देखि बैसाख ६ गते सम्म संचालन हुने महोत्सव लाई आज उद्घाटनको दिन सम्म पनि पुर्णतः व्यवस्थित गर्न सकिएको छैन । महोत्सव स्थलमा मालवाहक गाडिहरु निर्वाध प्रवेश गरिरहेका छन् भने बिधुत आपुर्तिका लागि बिछ्याईएको बिद्युतिय तारले जति बेलापनि दुर्घटना निम्तिन सक्ने खतरा समेत रहेको छ । महोत्सवको प्रचार प्रसारको क्रममा आज आयोजकले दावि गरिएझै केन्द्रिय कलाकारहरु आउने भनिएता पनि कुनैपनि केन्द्रिय कलाकारहरु उपस्थित भएनन् ।

dang mahotsab

चर्कोघाम मा ३ महिनाको बच्चा बोकेर समेत शोभा यात्रामा आएकि एक सहभागिकाले शोभा यात्रामा सहभागि हुन उर्दि जारी गरिएको बताउनु भयो । “नआए के गर्ने ५ सय जरीवाना तिर्न भन्दा बरु सहभागिता जनाएँ” वहाँले नाम नबताउने सर्तमा भन्नु भयो । कार्यक्रममा अनिवार्य उपस्थितिका लागि उर्दि जारी गरिएको गढि टाकुरी महिला समुहबाट सहभागिता जनाउन आउनुभएकी एक सहभागिले पुस्टि गर्नुभयो ।

महोत्सव ठेक्कामा
नारायणपुरमा संचालनमा रहेको महोत्सव दैनिक खुद नाफा रकमको १५ प्रतिसत उद्योग बाणिज्य संघले पाउने गरी ठेक्कामा दिईएको बताईएको छ । यसको अर्थ महोत्सवमा मानौ १ करोड खुद नाफा भयो भने नारायणपुर उद्योग बाणिज्य संघले १५ प्रतिसतका दरले जम्मा १५ लाख मात्र हात पार्नेछ ।

नारायणपुरका फेन्सि व्यवसायिहरुको कडा प्रतिवाद एवं आम व्यपारिहरुको मनोभावना विपरित संचालनमा आएको महोत्सव यसरी कहिँ कतै ठेक्कामा लिएर चलाएको उदारण नभएको एक व्यापारिले नाम नबताउने सर्तमा बताए । “यो सरासर त्रिपुर बासिको हित बिपरित छ” उनले भने । यहाँसम्म की त्रिपुर क्षेत्रमा क्रियासिल संघ संस्थाहरुलाई समेत समेटिएको छैन ।

Video:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य