खिड्की नाकामा ११ घर जल्दा १० लाख रुपैयाँको क्षति

Posted on: 12 Apr, 2016

aaglagi nws 2

चैत ३०, दाङ । देउखुरीको राजपुर गाबिस ९ भैसाहीको खिड्की नाकामा फुसले छाएका ११ घरमा आगलागि हुदा १० लाख १० हजार रुपैयाँ बराबरको क्षेति भएको छ । सोमबार बेलुकी लागेको आगोका कारण खिड्की नाकाका १४ घर मध्य ११ घर जलेर नष्ट हुदा १० लाख १० हजार रुपैयाँको क्षेति भएको प्रहरीले जनाएको छ ।

भारतिय जंगलबाट आएको डढेलो खिड्की नाकाको टोलमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । जंगलको आगो बलबहादुर खड्काको घरमा सल्कीए पछि अन्य घरमा पनि सल्किएको थियो । आगोले बलबहादुर खड्काको ६० हजार, दल बहादुर सुनारको १ लाख २० हजार, राम हादुर शाहिको ६० हजार, रमेश श्रेष्ठको ६० हजार, टंकबहादुर खड्काको १ लाख रुपैयाँ बराबरको क्षेति भएको प्रहरीले मुचुल्का उठाउको छ ।

त्यस्तै केदार खड्काको १ लाख, लोकेन्द्र चन्दको २ लाख, रुपलाल दमाईको २ लाख, पुजा परियारको १० हजार र मोलि मल्लको ५० हजार गरि जम्मा १० लाख १० हजार रुपैयाँ बराबरको क्षेति भएको प्रहरी चौकी भैसाही नाकाले जनाएको छ ।आगलागिका कारण घरमा भएको अन्नबालि, भाडाबर्तन, लत्ताकपडा सम्पुर्ण जलेको पिडितहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!