तुनपा ७ कल्लेमा देवि भगवती मन्दिरको उद्घाटन

Posted on: 14 Apr, 2016

शँकर के सी/ बैशाख २, दाङ । दाङको तुलसिपुर नगरपालिका ७ कल्ले दाङमा खैरावाङ देवि भगवती मन्दिरको पुन निर्माण गरि आज चैते दशैको अवसर पारि उद्घाटन गरिएको छ ।

पुर्खाहरुको पालामा नै स्थापाना गरिएको मन्दिर भए पनि अत्यन्तै जिर्ण अवस्थामा रहेकाले नव ज्योती सांस्कृतीक युवा क्लव र स्थानीयको पहलमा मन्दिरको पुन निर्माण गरिएको समाजसेवि डिल बहादुर थापाले रेडियो कपुरकोटलाइ जनाउनुभयो । मन्दिर पुन निर्माणमा स्थानीय नमुना टोल र सृजना टोलका वासिन्दाले करिव १ लाख ३० हजार बराबरको श्रमदान गरेका छन् । यस्तै समाजसेवि शुक बहादुर घर्ती, नेपचान रोकाले जस्ता पाता तथा अन्य सामग्री र राजकुमार पुनले देवि भगवतीको मुर्ती सहयोग स्वरुप उपलव्ध गराउनुभएको थियो । नव ज्योती सांस्कृतीक युवा क्लवका अध्यक्ष टेक बहादुर घर्तीको अध्यक्षता तथा समाजसेवि राजकुमार पुनको प्रमुख आतीथ्यतामा भएको कार्यक्रमको सञ्चालन क्लवका संस्थापक अध्यक्ष तथा समाजसेवि डिल बहादुर थापाले गर्नुभएको थियो ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!