२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल शिक्षक महासंघ डोल्पाको अध्यक्षमा डांगी सर्वसम्मत

१० फाल्गुन २०७४, बिहीबार १७:०२

टेकबहादुर शाही | फागुन १०, डोल्पा | नेपाल शिक्षक महासंघ डोल्पाको नया कार्य समितिको अध्यक्षमा बालकृष्ण डागी सर्वसम्मत भएका छन । बुधबार उद्धघाटन भई बिहिबार समपन्न भएको महासंघको पहिलो अबिधेशनबाट अध्यक्षमा डागी सर्वसम्मत चयन भएका हुन । पहिलो अधिबेशनबाट डागीको अध्यक्षतामा २७ सदस्यीय नेपाल शिक्षक महासंघ डोल्पाको नया जिल्ला कार्यसमिति चयन भएको शिक्षक महासंघले जनकारि दिएको छ । 

पहिलो अधिबेशनबाट निर्वाचन मण्डली,निर्वाचन सफल पार्न सहयोग गर्ने सबै शिक्षकहरुलाइ धन्यबाद ज्ञापन गर्दै ३ वटा निर्णय गरेको अन निर्वाचित अध्यक्ष बालकृष्ण डांगीले जानकारी दिए । उनका अनुसार अब शिक्षकका हकहित र अधिकारको लडाइ गरिने र कुनै पनि राजनितिक दलको नभनि काम गर्ने बताए । उनले भने अब गाउपालिका र नगरपालिकामा पनि सहमतिमा नै कार्य समितिको चयन हुने छ । 

बुधबार साझे देखि भएको बन्द सत्रमा पदिय भागबण्डामा कुरा नमिले पछि बिहिबार अपरान्ह मात्रै नया कार्य समितिले पूर्नता पाएको उपाध्यक्ष रोशन बिकले जानकारि दिए । उनका अनुसार बिभिन्न दलको भातृसंगठन अनुसार मदिय भागभण्डाको बिषयमा कुरा मिल्न समय लागे पछि बिहिबार मात्र पूर्णता पाएको बताए । उनले भने सबै दलबाट शिक्षक महासंघमा जिल्ला कार्य समितिमा प्रतिनिधित्व गराइएको छ समाबेशि पनि छ । 


नेपाल शिक्षक महांसघको पहिलो अधिबेशनबाट नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा बालकृष्ण डांगी,सह–अध्यक्षमा भिम थापा,उपाध्यक्षमा रोशन बि.क.,महिला उपाध्यक्षमा लक्ष्मी ढकाल त्यसै गरि सचिवमा बिष्णुबहादुर बोहोरा,चन्द्ररुप शाही सह–सचिव,यगिता न्यौपाने महिला सह–सचिव र कमल महतारा सह–सचिव अर्थमा चयन भएका छन । त्यस्तै सदस्यहरुमा ईन्द्रा पुन,सरस्वती बुढा सहित १७ जना सदस्यमा निर्वाचित भएको महासंघले जनकारी दिएको छ । 

नेपाल शिक्षक महासंघ शिक्षकहरुको भातृसंगठनको छाता संगठन भएकोले जिल्लाका सबै शिक्षकहरुको हक,हित र अधिकारको बिषयमा काम गर्ने छाता संगठन भएको नबनिर्वाचित अध्यक्ष डांगीले जानकारी दिए । उनका अनुसार हाल डोल्पा जिल्लामा स्थायी,अस्थायी,करार र राहात सहित करिव ५ सय ५० भन्दा धेरै शिक्षक रहेकोले यिनै शिक्षकका हक,हित र अधिकारको बिषयमा अधिकार खोज्ने एक बलियो संगठन भएको बताए । 

डोल्पा जिल्ला दुर्गम र हिमाली जिल्ला भएको कारण शिक्षकले मिन पचार बिदा देखि राहात शिक्षक र अस्थायी शिक्षकहरुले पाउने सेवाहरु अन्य सुगम जिल्लाका शिक्षकहरु बरावर नपाउने गरेको अथार्थ रहेको भन्दै यस्तो अन्याय नगर्न सरकारसंग पहल गर्न शिक्षकहरुले नया कार्य समितिलाइ आग्रह गरेका छन । शिक्षकहरु भन्छन निजामति क्षेत्रका कर्मचारिहरुलाइ सुबिधा छ हामी दैनिक ड्यिूटि गर्छौ तर सवा भनेबमोजिम पाउदैनौ सरकारले शिक्षकलाइ सौतेनि ब्यवबहार गरेको छ उनिहरुको आरोप रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की