२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आगलागीबाट थकरीकोटमा तीन घर खरानी

२०७३, १८ बैशाख शनिबार ११:४९

aago dang

सन्तोषकुमार गुप्ता । बैशाख १८, भालुवाङ । आगलागीबाट सिसहनियाँ—७ थकरीकोटका तीन घर खरानी भएका छन् । जंगलमा लागेको आगो शुक्रबार राती करिब ८ बजे थकरीकोट बस्तीमा पस्दा तीन घर जलेर खरानी भएको हो ।

आगलागीबाट रिमबहादुर थापा, सुमन थापामगर र आत्माराम सारुमगरको घर जलेर खरानी भएको थकरीकोट गाउँ अगुवा दुर्गा उचहीमगरले जानकारी दिएका छन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, जिन्सी, नगद र काठपात गरी करिब १० बढीको क्षति भएको छ । जंगलमा लागेको आगो निभाउन बिहानै देखि लागेको भए पनि भौगोलिक कठिनाई तथा तीब्र हावाले गर्दा आगो नियन्त्रणमा लिन नसक्दा बस्तीमा पसेको गाउँ अगुवा उचहीमगरले जानकारी दिए । आगो राती करिब १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

अग्नीपडितहरु अहिले आफन्तको सरणमा रहेका छन् भने अहिले सम्म कुनै राहत समेत नपाएको पडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना