२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बराखुट्टी बनकुलो प्रगन्नाको साधारणसभा सम्पन्न

१८ बैशाख २०७३, शनिबार ११:५६

सन्तोषकुमार गुप्ता । भालुवाङ १८ बैशाख । बराखुट्टी वनकुलो प्रगन्ना मुल समिती लालमटियाको बार्षिक साधारणसभा शनिबार करम्दी सामुदायिक वनको सभाहल बराखुट्टीमा सम्पन्न भएको छ ।

समितीका अध्यक्ष केशरबहादुर रोकामगरको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यमा भएको साधारणसभामा समितीका सचिव ओमबहादुर कुमालले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शोभाकान्त भुसालले आर्थिक बर्ष २०७१÷०७२ को २ लाख ४६ हजार १४ रुपैयाँ ५० पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितकिा उपाध्यक्ष नन्दबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले किसानहरुलाई प्रयाप्त सिँचाईको सुविधा पुर्याउन राज्यले कृषिमैत्री कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए । लालमटियामा सिँचाईका प्रबल सम्भावना हुँदाहुदै पनि आवश्यक सिँचाईका पूर्वधारण निर्माण हुन नसक्दा बर्षेनी किसानहरुले हैरानी भोग्नु परेको गुनासो समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा लालमटिया कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, किसान अगुवाहरु बिष्णु थापा, महेश अधिकारी, उत्तम अधिकारी, उमा गिरी, दुर्गाप्रसाद शर्मा र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भामा समितीका सचिव ओमबहादुर कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु