२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा दृष्टिविहीनका लागि छात्रावास

१२ फाल्गुन २०७४, शनिबार ०४:२२

फागुन १२, पर्वत । एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ ।

सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा सहज होस् भन्ने उद्देश्यले करीब रु ७८ लाखको लागतमा प्लान नेपालले उक्त आवास शुक्रबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरी र प्लान नेपालका उपराष्ट्रिय निर्देशक बरान वेकटले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो । 

छात्रावासको क्षमता १४ रहेकामा २१ जना बस्दै आएका छन् । भान्साघरसहित छात्र र छात्राको बेग्लाबेग्लै सुत्ने व्यवस्था भवनमा गरिएको छ । सो अवसरमा सांसद गिरीले फरक क्षमता भएका बालबालिकालाई सहज रुपमा शिक्षाको पहुँच पु¥याउन सरकारले भौतिक संरचना र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उपराष्ट्रिय निर्देशक वेकेटले सबै क्षमताका बालबालिकालाई शिक्षाको समान अवसर पु¥याउन र शिक्षाको विकास गराउन प्लान नेपालले बताउनुभयो । क्षमताभन्दा धेरै विद्यार्थी भएको हुँदा छात्रावास व्यवस्थापनमा कठिनाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै