२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पुगेनन किताब बालबालिकाको हातमा

२०७४, १२ फाल्गुन शनिबार ११:५१

टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पाको नया शैक्षिक सत्र सुरु भई बिद्यालय खुलेको २ साता बित्न लाग्दा समेत बिद्यालय जाने बालवालिकाको हातमा किताब पुगेका छैनन । 

फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताहरुबाट डोल्पाका लागि किताब बुझेका ७ वटा स्थानीय एजेन्टहरुले अझै बिद्यालयमा किताब पुय्याउन नसकको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 


सबै भन्दा पहिले किताब मुड्केचुला गाउपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारबाट बितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारि दिए । त्यसै गरि दुनै र फोक्सुण्डोको जिम्मा लिएका बिष्णुलाल बुढाले पनि दुनै सम्म किताब पुर्याएका छन । अर्का स्थानीय बिक्रेता पूर्ण प्रसाद न्यौपानेले पनि अबको केहि दिनमा किताब बितरण हुने बताए । 

जिल्लाका बिभिन्न क्षेत्रका लागि ७ वटा स्थनीय एजेन्टहरुले ढुवानी गर्ने भए पनि कति जनाले बिद्यार्थीहरुको हातमा पारे भन्ने कुनै जानकारि नदिएको तर कार्यालय निरन्तर पहलमा लागि रहेको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले जानकारि दिए । 

उनले भने किताब आउदै गर्लान आमाी पहल गरिरहेका छौ तर बिद्यालयमा भएका पुराना किताब प्रयोग गरेर शिक्षकले बिद्यालय खोली बालवालिकालाइ पढाउ ।

शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा ९ हजार ७ सय ९१ थान किताब स्थानीय एजेन्टले ढुवानी गर्नु पर्ने छ । जनक शिक्षा सामाग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका बिद्यार्थीका लागि किताब बितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामाग्री क्षेत्रिय प्रमुख रबिन्द्र शर्माले जानकारि दिए ।  


कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामाग्री आफैले जिल्लामा किताब बितरण गर्ने जिम्मा लिएको छ । यस बर्ष डोल्पा जिल्लाको लागि ७ वटा स्थानीय बिक्रेताहरुले जिम्मा लिएका छन । 

यस बर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १ सय ४६,कक्षा ६ देखि ८ सम्म २ हजार २ सय १६ त्यसै गरि कक्षा ९ देखि १० सम्म १ हजार ४ सय २९ गरि जम्मा ९ हजार ७ सय ९१ थान किताब जिल्लाका बिद्यालयमा ल्याउनु पर्ने निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले जानकारि दिए । 

स्थानीय बिक्रेताले मिलेमतो गरेर किताब बिद्यालयमा नल्याइ बाटैमा बितरण गर्ने गुनासो बढेकोले त्यस्तो गर्ने बिक्रेतालाइ निगारिन गरिने जनक शिक्षा सामाग्रीले जानकारि दिएको छ । 

जिल्लामा कक्षा एकका बालवालीकाले एक थानको २ सय ३८ रुपैया र कक्षा १० का वालवालीकाको लागि एक थानको ७ सय ४५ रुपैया तिर्नु पर्ने छ । सरकारले निःशुल्क प्रधान गर्ने किताब शैक्षिक सत्र सकिन लाग्दा पनि वालवालीकाको हातमा नपर्ने गरेकोले यस बर्ष डोल्पामा छिट्टै बिताव वालवालीकाको हातमा पार्ने प्रयास गरि रहेको जिल्ला शिक्षा कार्यालय जानकारि दिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने