दाङमा पत्रकार राहत कोषका लागि जेसीजको सहयोग

Posted on: 02 May, 2016

dang sajha sabalसन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । त्रिभुवननगर जेसीजले पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको छ । जेसीज सप्ताहको अवसरमा सहयोग डेस्क सञ्चालन गरेर संकलित सहयोग रकम जेसीजका कार्यवाहक अध्यक्ष विवेक आचार्य र कार्यकारिणी उपाध्यक्ष सनत गिरीले महासंघका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गर्नुभएको छ ।

शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी ९ हजार २ सय ३५ रुपैया पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गरिएको जेसीज सप्ताह मुल संयोजक समेत रहनुभएका कार्यकारिणी उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । उक्त अवसरमा जेसीजका कोषाध्यक्ष बसन्तराज अधिकारी, सदस्यहरु मीनराज भाट, दीपक शर्मा, किरण न्यौपाने, पूर्व अध्यक्ष सुशील प्रकाश आचार्यलयगायतको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!