२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा यातायात व्यवसायी बीच झडप, राप्ती समितिका अध्यक्ष घाइते

२०७३, २५ बैशाख शनिबार ०८:४६

jhadapसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवाहक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समितिका अध्यक्ष सुरेस हमालको टाउकोमा चोट लागेको छ । मालिका–कालिका यातायात प्रालिले रूकुम छुटाउन लागेको नम्बरको एसि हाइसमा तोडफोड गर्ने क्रममा लाठी चार्ज गर्दा हमाललाई चोट लागेको इप्रका तुलसीपुरले जनाएको छ । प्रालिका बस र कर्मचारीमाथि आक्रमण गर्न खोज्ने राप्ती समितिका कर्मचारी धनबहादुर डाँगीलगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकारको क्यामेरा खोसियो
प्रालिले रूकुम गाडी छुटाउन खोज्दा समाचार संकलनमा खटिएका मलाय नेपाल डट नेटका सम्पादक एवं पत्रकार नेपाल महासंघका साधारण सदस्य गणेश आचार्यको क्यामेरा राप्ती समितिका बरिस्ठ उपाध्यक्ष भरतनाथ योगले खोसेर लगेका छन् ।

सम्पादक आचार्यले आफूले फोटो खिच्दै गर्दा राप्ती समितिका अध्यक्ष सुरेस हमालले आक्रमण गर्न निर्देशन दिएपछि बरिष्ठ उपाध्यक्ष योगीले क्यामेरा खोसेर लगेको जानकारी दिएका । उनले आफ्नो क्यामेरा खोसिएको बारेमा पत्रकार महासंघलाई लिखित जानकारी गराएको जानकारी दिएका छन् ।

राप्ती समितिले यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर
राप्ती अञ्चल बस समितिले तुलसीपुर–रुकुम सडक खण्डमा यातायात ठप्प पारेपछि राप्तीको जनजीवन कष्टकर बनेको छ । राप्ती समिति, कालिका मालिका र दाङ प्रालि बीच सल्यान रुकुम सडकमा बस चलाउने विषयमा विवाद भएपछि राप्ती समितिले यातायात ठप्प पारेको हो ।

समितिले आज बिहानैदेखि यातायात ठप्प परेपछि गन्तव्यसम्म पुग्ने सयौं यात्रुहरु मर्कामा परेका छन् । गन्तव्यसम्म पुग्न नसक्दा यात्रुहरु अन्यौलमा परेका छन् । हिजो बिहान पनि यसै विषयमा विवाद भएपछि यातायात ठप्प पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा