२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा पानी पर्दा किसानलाई राहतको महसुस

२६ बैशाख २०७३, आईतवार ०५:३०

dangma paniसन्तोषकुमार गुप्त/बैशाख २६, दाङ । लामो समयसम्मको खडेरी र गर्मी पछि केही दिन यता दाङमा प्राय जसो दैनिक पानी परेपछि राहतको महसुस गरिएको छ ।

हिजो शनिबार दिउसो देखि आज आईतबार बिहान सम्म लगातार पानी परेपछि बिशेषत किसानहरु खुसी भएका छन् । सुक्न थालेको हिउदे तरकारी बालीलाई फाईदा पुगेको कीसानहरुले बताएका छन् । लामो समय सम्म पानी नपर्दा किसानले लगाएको तरकारी सुक्न थालेको थियो भने तरकारीमा रोगको संक्रमण बढ्दै गएको थियो । पानी परेपछि किसानले लगाएका तरकारी बाली फष्टाउने भएको छ ।

मकैबाली लगाउने समयमा पानी नपरेको भन्दै चिन्तीत बनेका किसानहरु हिजो आज आफूले सोचे जस्तो बर्षात भएपछि मकै लगाउने तरखरमा जुटेको मानपूर १ मानपूरका ठाकुराम चौधरीले बताउनु भयो । पानी परेपछि मकै छर्नलाई सहज भएको किसान चौधरीले बताउनु भयो । त्यस्तै खडेरी लम्बीदै जादा जील्लामा पानीको मूहान सुक्न थाले सगैं पानीको हाहाकार बढ्न थालेको थियो । पानी परेपछि भने पानीको मूहान रसीलो भएको छ । गर्मी बढ्दै गएका बेला थौरै भएपछि मानीस , जनावर , बोटबिरुवा लाई राहत पुगेको छ ।

पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ । यसैका कारण पश्चिमी तराई भेग बाहेक देशका अधिकांश भेगमा बदली हुनाका साथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी भेगमा पूर्ण बदली भए पनि बढी असर पूर्वी भेगमा देखिएको बरिष्ठ मौसमविद् बरुन पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस