२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जब सांसद र सिडिओ कुचो लिएर एकै साथ कुश्मा बजारमा निस्किए (भिडियो)

१४ फाल्गुन २०७४, सोमबार ०४:२१

 पर्वत । दर्शौ पश्चिमाञ्चल महिला महोत्सवको अबसरमा पर्वतको कुश्मा बजारमा बृहत् सरसफाइ गरिएको छ । रेडियो दिदीबहिनीको आयोजनामा श्रमिक महिला दिवसको अबसरमा हुन लागेको दशौ बृहत् पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सवको अबसर पारेर सोमबार कुश्मा बजारमा सरसफाइ गरिएको हो ।
पूर्व सांसद समेत रहेकी रेडियोकी अध्यक्ष कल्पना चापागाइ जोशी, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, डिएसपी शेखर खनाल लगायतले कुश्मा बजारमा कुचो लिएर बृहत् सरसफाइ अभियानमा सहभागी भएका थिए ।
उक्त अभियानमा जिल्लामा रहेका नेपाली सेनाको रणदल गुल्म, शसस्त्र प्रहरी चण्डिका गण, जिल्ला प्रहरी कार्यालयको टोली, स्थानीय बासी लगायतको सहभागीता रहेको थियो ।
महोत्सव यहि फागुन १६ देखि २६ सम्म बाँन्द्रेबेणी चौरमा आयोजना हुदैछ ।

कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
कार्यक्रमको पूर्वसन्ध्या पारेर रेडियोले सरसफाइ र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार रक्तदान कार्यक्रम हुने आयोजक रेडियोले जनाएको छ ।
११ दिनसम्म चल्ने कार्यक्रममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, देशभरमा रेडियोमा कार्यरत महिला स्टेशन म्यानेजरलाई सम्मान, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै सांस्कृतिक कार्यक्रमम अन्तरगत चर्चित राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत प्रस्तुती रहेनछ । जसमा पशुपति शर्मा, राधिका हमाल, ज्योति मगर, कस्तुप पन्त, याम परियार, पूर्णकला जिसी, खुमन अधिकारी लगायत एक दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेछ । महोत्सव शुरु हुन अब २ दिन बाँकी रहेको छ ।


भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने