दाङमा एक विद्यार्थीले यस्तो सुसाईड नोट लेखेर गरे आत्महत्या  

Posted on: 09 May, 2016

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । दाङमा एक विद्यार्थीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । जिल्लाको तुलसीपुरस्थित ग्रेड अरनिको उच्चमाविको कक्षा ११ मा अध्ययनरत १८ वर्षिय ताराप्रसाद डाँगीले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका डाँगीले गएराति सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । डाँगीले सुसाइड नोट कवितात्मक शैलीमा लेखेका छन्। जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक रकम पनि नभएको कारण आत्महत्या गरेको लेखेका छन् । डाँगीले लेखेको सुसाइड नोटमा आफ्नो मृत्युको प्रमुख कारण गरिवी र रोगलाई नै उल्लेख गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले जानकारी दिए । प्रहरीका अनुसार मृतक डाँगीलाई छारे मृगी रोग भएको खुल्न आएको छ। उनले त्यसका लागि नियमित औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो समय औषधि किन्ने र कलेजमा पढाइ शुल्क तिर्ने रकम पनि नभएपछि आत्महत्या गरेको कारण उनलेसुसाइड नोटमा उल्लेख गरेका छन् । मृतक डाँगी तुलसीपुर स्थित ग्रेट अरनीको उच्चमाविमा कक्षा ११ मा अध्यनरत थिए। उनी अध्यनका लागि तुलसीपुरमा कोठा भाडामा बस्दै आएका थिए । मृतकको शव पोष्र्टमार्टमा लागि अञ्चल अस्पातल तुलसीपुरमा राखिएको छ । सिलिङ्ग फ्यानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा डाँगीको सव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीरपुरले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!