२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौं माविमा बालअधिकार चेतना समूह गठन

१८ भाद्र २०७२, शुक्रबार ०८:५२

भदौ १८, पर्वत / बनौं माध्यमिक विदुयालय बनौमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बिहीबार भएको विद्यार्थीहरुको एक वृहत भेलाले चन्द्र पाईजाको अध्यक्षतामा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन गरेको छ ।

नवगठित समूहको उपाध्यक्षमा उमेश पुन, सचिवमा तुकबहादुर पुन र कोषाध्यक्षमा यमकुमारी शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा दिलिपा फकामी, शुशिला पुन, सागर वि.क., नविन फकामी, दिपशन फकामी, शुशिला फकामी र टकमाया पुन रहेका छन् ।

छात्रा मञ्जु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का स्थानीय सामाजिक परिचालक मीना पुनले बालअधिकार चेना समूहको आवश्यकता, महत्व तथा काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गनुभएको थियो ।

कार्यक्रमम मानवअधिकार निगरानी समूह बनौका अध्यक्ष गौबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पूर्जा, प्राधानाध्यापक चक्रबहादुर पाइजा लगायतले बोलेका थिए भने भेलाल नियमित रुपमा बाल भित्ते पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरेको इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता