७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुलो बगाएपछि धानबाली सुक्न थाल्यो, कृषक चिन्तीत

१९ भाद्र २०७२, शनिबार १२:१४

महेन्द्र के.सी/भदौ १९, पर्वत । धानखेती सुक्न थालेपछि कृषक चिन्तीत भएका छन् । अविरल बर्षाका कारण कुलो बगाएपछि धानबालीमा प्राप्त मात्रमा पानी नभएपछि धान फुल्नेबेलामा धान सुक्न थालेपछि लिमिठाना ४ छविसेका कृषक चिन्तीत भएका हुन् ।

भदौ १३ गते सोमवार राति आएको भिषण पानीका कारण लमाय खोलाले लिमिठाना ४ छविसे फाँटमा सिँचाइ हुँदै आएको कुलोको वाँध वगाए पछि फाँटमा धान सुक्दै गएको हो ।

करीव १ सय ५० रोपनी खेतमा सिँचाई हुँदै आएको कुलोको वाँधसँगै सिँचाईको पाइप वगाएपछि धान सुक्न सुरु भएसँगै किसान हरु चिन्तित भएका हुन् । सिँचाइको अन्य स्रोत नभएको र वाँध वनाउन १५ वटा जाली र केहि पाइप आवश्यक हुने कृषक निर्मला भुसालले बताइन् ।

फाँटमा देविस्थान ७ निवासी कपिलामणि भुसाल ,अर्जुन भुसाल, विक्रम भुसाल, दिपक भुसाल, ,दयाराम भुसाल, विजय भुसाल, र खानिगाउका केही कृषकहरुले रोपाई गरेका थिए । करीव १२ वर्ष देखि वाँझै रहेको आधा फाँटमा यो वर्ष रोपाई गरीएको थियो । साडे २ किलोमिटर लामो कुलोको वाँध लिमिठाना २ चनौटेको पुछारमा पर्छ ।

अविरल बर्षाका कारण धानबाली फुल्नेबेलमा सुक्न थालेपछि कृषकहरुको बर्षाभरीको मेहनत बालुवामा पानी सरह बन्न पुगेको छ । खेतमानै धान सुकेर मर्न थालेपछि धान उत्पादन नहुने भन्दै कृषक चिन्तीत भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो राप्रपा सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान नेपाल शिक्षक महासंघको निजी विद्यालयहरू पनि बन्द गरी साथ दिन आग्रह पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने महिला विश्वकप खेल्न नजाने पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताए