२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षकहरुले शिक्षा दिवस सडकमा मनाए ?

२०७२, २२ भाद्र मंगलवार १३:२८

unnamed (6)

भदौ २१, पर्वत । यस बर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्टिय साक्षरता दिवस शिक्षकहरुले सडकमै मनाएका छन् ।

शिक्षा सम्बन्धी विभिन्न मागहरु राखी चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्ना मागहरुप्रति सरकार उदासिन भएको भन्दै सडकमै कार्यक्रम गरेर शिक्षा दिवश मनाएका हुन ।

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको आव्ह्वानमा जिल्ला शिक्षा कार्यालयले गर्ने औपचारिक कार्यक्रम बहिस्कार गरी शिक्षकहरुले आन्दोलनकै स्वरुपको रुपमा सडकमा नै कार्यक्रम मनाएका हुन् । लोकतन्त्रचोकबाट निकालीएको विरोध ¥यालीले बजार परिकर्मा गरी पुन लोकतान्तित्रक चोकमा नै आएर कोण सभा गरेका थिए ।

नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष डा. चुडामणि शर्माको अध्यक्षतामा भएको कोणसभामा बोल्ने शिक्षकहरुले अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, भुक्कपबाट प्रभाबित भएका बिद्यालयको शिघ्र निमार्ण गर्नुपर्ने, द्धन्द पिडीत शिक्षकलाई शिग्र पुनर्वहाली गर्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षामन्त्रीको राजीनामा समेत माग गरेका थिए । शिक्षकको हकहितको लागि राज्यले कुनै पनि कार्य नगरेको र अस्थायी शिक्षकलाई स्थायी गर्नमा कन्जुसाई गरेको भन्दै राज्यले शिक्षित बर्गको अपमान गरेको उनीहरुको आरोप थियो ।

पनि नेपाल शिक्षक संघ , नेपाल शिक्षक संघठन नेपाल राष्ट्रिय शिक्षक संगठन गरी चार शिक्षक संगठनको सहभागितमा विरोध ¥यालि निकालिएको हो । नेपाल शिक्षक महासंघको अगुवायीका ¥यालि निकालिएको हो ।

नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य हिरादेवी शर्माको प्रमुख आथिति तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य रमेशलाल सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य घनश्याम लामिछाने लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन अखिल नेपाल शिक्षक संगठन पर्वतका अध्यक्ष भूमिराज शर्माले गरेका थिए ।

विरोध सभामा नेशिसंघका पर्वतका सचिव मोतिप्रसाद चुवाइले गीत प्रस्त्ुत गरेका थिए । भने कार्यक्रममा भजनकृतन सहित नाचगानको रौकनाता थियो । यता जिल्ला शिक्षा कार्यालय पर्वतले भने शिक्षा दिवशको अबसरमा शिवालय उमाविमा कार्यक्रमको आयोजना गरी शिक्षा दिबश मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने