२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बन्दले शिक्षण संस्था र सरकारी काम समेत ठप्प !

२० फाल्गुन २०७४, आईतवार १७:०५

टेकबहादुर शाही | फागुन २०, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा ४ दिन देखि ओन्दोलन जारी रहेको छ ।आन्दोलन संगै बन्दले आइतबार साबिकका रह र दुनै गाविसका सबै शिक्षण संस्थाहरु ठप्प भएका छन भने जिल्लाका सरकारी कार्यालयमा समेत कामकाज रोकिएको छ । 


सरकारी कार्यालयमा बन्द गर्न संघ्रस समितिले आग्रह गरेको भए पनि त्यसरी सरकारी कार्यालय बन्द गर्न नमिल्ने भन्दै सुरक्षा ब्यवस्था कडाइ पारिएको जिल्ला प्रशासन कार्यालयले जानकारि दिएको छ । दुनैका जनताले अन्दोलन गर्नुको मुख्य उद्धेश्य नै आफुलाइ लिखित रुपमा जानकारी नदिएकोले सुरक्षा निकाय नै अन्योलमा रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । 


बन्दका कारण दुनैको बजार ४ दिन देखि बन्द रहेको छ भने शिक्षण संस्था र बैँकहरु समेत खुल्न सकेका छैनन । बैङ्गिङ कारोवार गर्न आएका जनता समेत अलपत्रनै भएको सेवाग्रहीहरु दुखेसो पोख्छन । आर्थिक कारोवार भने नरोकिएको तर अन्य दिनको जति सहजै सेवाग्राहिलाइ सेवा दिन नसकिएको नेपाल बैँकले जानकारि दिएको छ । 

बन्दले गर्दा दैनिक लाखौको कारोवार नोक्सानी भैरहेको डोल्पा उद्योग बाणिज्यसंघले जानकारी दिएको छ । डोल्पाको मुख्य बजारनै दुनै भएकोले लाखौको ब्यापार नोक्सानी ब्यहोरेर पनि ब्यावसायिले आन्दोलनको सर्मथन जनाएको उद्योग बाणिज्यसंघ डोल्पाको दावी रहेको छ । 

नगरपालिकाको केन्द्र दुनैबाट जुफाल नगर प्रमुख गणेशबाहादुर शाहीले जालसाजी गरेर राति नै सारेको नगर उपप्रमसख योगेन्द्रबहादुर शाहीको आरोप छ । उनी भन्छन जनप्रतिनिधिलाइ झुक्याएर केन्द्र सारीयो कानुनीबाटोबाट फिर्ता गराउछौ ।

बन्दले निजी तथा सरकारी शिक्षण संस्थाहरु बन्द भए पछि बालवालिकाहरु शिक्षा लिनबाट बञ्चित भएकोले छिट्टै टुङग्याइ बिद्यालयहरु खोल्न अभिभाबकले अनुरोध गरेका छन । आन्दोलन र बन्दका कारण एसईई दिने परिक्षर्थिले समेत तयारी कक्षा लिन पाएका छैनन ।


ठुलीभेरि नगरपालिकाको केन्द्र सारेको बिरोधमा वडा नं.१ देखि ४ का साथै १०र११का महिलाहरु नै आन्दोलनमा होमिएका छन । नगरप्रमुख शाहीले नगरसभाले नै निर्णय गरेर सारेको भने पनि आधिकारीकता नभएको नगरउपप्रमुख र अन्य जनप्रतिनिधिको आरोप रहेको छ । 

उता बर्षौ पछि जुफाली जनताले अधिकार पाएको भन्दै जुफालका जनताले खुसियाली मनाइ रहेको छन । नगरप्रमुखले पनि नगरपालिकाको जनताको लागि जुफला नै उपयूक्त भएको कारण केन्द्र जुफालमा सारेको दावी गरेका छन । 

चार दिन देखि निरन्तर भएको आन्दोलनले दुनैको जनजिवन पूरै प्रभाबित भएको छ । आन्तरीक सड्क समेत खुल्न सकेको छैन भने दैनिक उपभोग्य बस्तु समेत किनमेल गर्न पाएका छैनन । गाउगाउबाट आएका नागरिकले समेत बन्दको कारण सास्ती भोग्नु परेको छ । 

यता आन्दोलनको नेतृत्व गरि रहेको संघ्रस समितिले भने सरकारले गरेको निर्णय नसच्याए सम्म आन्दोलन जारी राख्ने बताएको छ । सोहि अनुसार आइतबार धनिराम बुढाथोकीको संयोजकत्वमा १३ सदस्यि संघ्रस समितिको गठन गरि केन्द्रीय सरकारलाइ दवाब दिने बताएको छ । जिल्ला देखि प्रदेश र केन्द्र सम्म सघ्रस समितिले दवाब दिने र सरकारले गरेको निर्णय बदर गराएरै छोड्ने बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की