८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच सवारी साधन नियन्त्रणमा

२४ भाद्र २०७२, बिहीबार ०७:५९

भदौ २४, पर्वत / अबैध रुपमा ढंगा वालुवा चोरी निकासी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । अबैध रुपमा कटिङ ढुंगा बालुवा चोरी निकासी गर्ने पाँच सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रमणमा लिएको हो ।

बुधबार माझफाट वाट कुश्मा पर्वत तर्फ अबैध रुपमा ल्याउादै गरेको कटिङ ढुंगा सहित ग १ त २३८२ र लु २ त ८९९३ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने कालीगण्डकी किनारबाट अबैध रुपमा बालुवा, ढुंगा निकाली रहेको क्रममा २ ख ७५६० ,ग १ ख ५०२६ को टिप्पर र ध १ त २७१ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई जिल्ला विकास समितिको जिम्मा लगाइएको र कानूनी कार्वाही अगाडी बढेको प्रहरीले बताएको छ । यतिबेला जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा सामाजिक विकृति तथा अबैध रुपमा चोरी निकासी गर्ने सवारी साधनलाई पक्राउ गर्ने कार्यलाई तिब्र रुप दिएको छ ।

जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउने कसैलाई नछाड्ने बताउने प्रनाउ गंगा पन्त यतिबेला चर्चाको शिखरमा छिन् । जिल्लामा पहिले कसैले पनि जुवा मुद्धामा कसैलाई पक्राउ गरी कानूनको कसीमा ल्याउन नसेको तर पन्तले ल्याएको भन्दै एकतर्फ उनको प्रशंसा गर्नेको जमात भेटिन्छ भने अर्कोतर्फ उनी आफ्नो बोली र व्यवहारमा चुकेको भन्नेहरु पनि भेटिन थालेका छन् ।

जिल्लामा सरुवा भै आएको महिना दिन नवित्दै उनले जिल्लामा दुइ जुवाको खालबाट युवानेता सहित २८ जनालाई पक्राउ गरेता पनि सानालाई मात्रै कानूनी कसी लगाएको तर ठूलालाई छाडेको उनीमाथि आरोप लागेको छ । पन्त माथि लागेको आरोपको खण्डन उनले कसरी गर्छिन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ