२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चर्चमा बालिका माथि लापरवाही गर्नेलाई जेल चलान

२०७२, २४ भाद्र बिहीबार ०८:४९

भदौ २४, पर्वत / चर्चमा परमेश्वरले रोग निको पार्ने भन्दै बालिकामाथि लापरबाही गर्नेलाई जिल्ला अदालत पर्वतले पुर्पक्षका लागि कारगार चलान गरेको छ । बालिकाको रोग निको पार्ने बहानामा बालिकाकोे हत्या गरिएको जिल्ला प्रहरी कार्यालयमा निवेदन परेपछि पक्राउ परेकी सुदाप गाविस वडा नम्बर ४ तेह्रथुम की २५ बर्षीया लक्ष्मी गुरुङलाई न्यायाधिस मोहनचन्द्र भट्टराईको एकल इजलासमा पुर्पक्षका लागि कारगार चलान गरिएको हो । जिल्ला अदालत पर्वतको आदेशले पुर्पक्षका लागि उनी थुनामा परेकी हुन्।

गत साउन २५ गते बेहोस भएकी कुश्मा नगरपालिका ९ की नौ  महीनाकी  एस्तर नेपालीको क्रिश्चियन प्रचार कार्यालय मण्डलिमा उपचार गर्न लगिएको र चर्चमा नै बालिकाको मृत्यु भएपछि मृतकका काका शालिकराम नेपालीले उपचारको नाममा लापरवाही गरेका कारण बालिकाको मृत्यु भएको जाहेरी दिएपछि गुरुङलाई प्रहरीले साउन २८ गते पक्राउ गरेको थियो । चर्चमा गुरुङले बालिकालाई श्वासप्रस्वास नै बन्द हुने गरी मुखमा पानीको बोतल राखिदिएको प्रहरीले सरकारी वकील कार्यालयमार्फत अदालतमा बुझाएको जाहेरीमा उल्लेख छ।

नियमित चर्चमा पु्ग्ने मृतकका बाबु शंकर र आमा बसन्तीले छोरीको मृत्युको विषयमा मुख खोलेका थिएनन् । उनीहरुले छोरीको मृत्युको बारेमा वेवास्था गरेका थिए । तर मृतकका काकाले भने प्रहरीमा जाहेरी दिएका थिए । मृतकका काका शालिकराम नेपालीले ’परमेश्वरको नाममा लापरबाहीले नै ज्यान गएको बताउँछन् । अस्पतालमा पु¥याएको भए भतिजीको ज्यान जाने थिएन, परमेश्वरको भरमा पर्दा भतिजिको ज्यान गयो उनले भने ।

चर्चमा राख्दा बालिकाको अवस्था निकै गम्भीर भएपछि जिल्ला अस्पताल पर्वत पु¥याइएको थियो । जिल्ला अस्पताल पु¥याउदासाथ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । बालिकाकी आमा सोही चर्चमा कार्यरत छिन् । बाबु साप्ताहिक रुपमा चर्चमा जाने गरेका थिए।  चर्चमा यसअघि पनि परमेश्वरले रोग निको पार्ने भन्दै भ्रममा बिरामी महिलाहरु आउने गरेका बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने