७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन आर्दशलाई एक लाख ५८ हजार आर्थिक सहयोग

२८ भाद्र २०७२, सोमबार १०:४४

भदौ २८, पर्वत / विदेशमा रहेका बाजुंग २ बाउसेका नेपालीले आफ््नो विद्यालयमा आर्थिक सहयोग गरेका छन् । बाजुङ २ बाउसेमा रहेको जन आदर्श निम्न माध्यमिक विद्यालयलाई कतार र भारतको मन्द्रासमा रहेका नेपालीले एक लाख ५८ हजार पाँच सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेका हु्न । रोजगारको शिलशिलामा कतार पुगेका बाजुङ २ का डण्डपानी शर्माले कतारमा रहेका नेपालीहरुसँग विद्यालयलाई सहयोग गर्नको अपिल गरेपछि ९५ हजार १५ रुपैयाँ संकलन भएको थियो । संकलन भएको रकम उनले आफ्ना अभिभावक मार्फत विद्यालयमा पठाएका थिए ।

कतारमा रहेका नेपालीलाई उनले विद्यालयमा सहयोग गर्नको लागि अनुरोध गरेपछि उक्त रकम संकलन भएको स्रोतले बतायो । यता सिए पढ्नको लागि भारतको मन्द्रासमा पुगेका सन्तोष शर्माले पनि विद्यालयलाई आर्थिक सहयोग गर्नको लागि आफ्ना सहपाठीलाई आग्रह गरेपछि ६३ हजार ५ सय विस रुपैयाँ संकलन भएको बताइएको छ । संकलन भएको रकम उनले पनि आफ्ना अभिभावक मार्फत विद्यालयमा पठाएको विद्यालयले जनाएको छ । दुवैका अभिभावकले संकलित रकम विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

जम्मा भएको रकम मध्येबाट महाविनासकारी भुकम्पबाट क्षति भएको भौतिक संरचना मर्मत, शैक्षिक सामाग्री खरिद, फर्निचर खरिद तथा मर्मत र निजि स्रोतका शिक्षकलाई तलबभत्ता को लागि खर्च गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए । गत शुक्रबार संकलित भएको रकम विद्यालयलाई हस्तान्तरण भएको थियो । सो अबसरमा विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरि सम्मान पत्र र दोसल्लाले संकलनकर्ताका अभिभावकलाई सम्मान गरेको बताएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नि.अध्यक्ष रेशमलाल शर्मा, विव्यस सदस्य इन्द्रप्रसाद उपाध्यायले आर्थिक अबस्था कमजोर भएको अबस्थामा विद्यालयलाई सहयोग गरि डण्डपानी शर्मा र सन्तोष शर्माले ठूलो उपकार गरेको भन्दै धन्यबाद थिएका थिए भने यस्र्तै आर्थिक सहयोग अन्यन्त्रबाट पनि प्राप्त गर्न सकिएमा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक रुपमा विकास हुने बताएका थिए । स्वागत मन्त्व्य शिक्षिका कल्पना शर्माले गरेकी थिइन भने कार्यक्रमको संचालन प्रअ कृष्णप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो राप्रपा सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान नेपाल शिक्षक महासंघको निजी विद्यालयहरू पनि बन्द गरी साथ दिन आग्रह पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने महिला विश्वकप खेल्न नजाने पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताए शिक्षकहरुको आज पनि प्रदर्शन जारी अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ राप्रपा आन्दोलनको रणनीति परिवर्तन,बिजुलीबजारमा मात्रै केन्द्रित करेन्ट लागेर एक जनाको मृत्यु शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा काठमाडौँमा आन्दोलन र प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त आज सुनचाँदीको मूल्य कति छ ? हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते काठमाडौँमा बिभिन्न देशबाट नेपाल आएका भान्छेहरुको महासंग्राम, अध्यक्षमा अधिकारी (तश्वीरहरु) रुपन्देहीमा अज्ञात व्यक्तिद्वारा महिलामाथि गोली प्रहार धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल