2026-07-25 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्ट्रोल रुमले भनेको नमान्दा भएको थियो – विमान दुर्घटना

फागुन २८, काठमाडौं |  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।

वंगलादेशबाट काठमाडौंका लागि उडान भरेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना अघिनै कन्ट्रोल रुमले भनेको आदेशलाई वेवास्ता गर्दा दुर्घटनामा परेको नेपाल बिमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

विमानमा ३३ जना नेपाली सहित ६७ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जसमध्ये २ दर्जन बढीको हताहती भएको छ । घाइतेको उद्धारगरिएको छ । उनीहरुको सिनामंगलको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

विमान दुर्घटनापछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विमानस्थलका मेनेजर राजेन्द्र क्षेत्रीले धावन मार्गको पूर्वतर्फ विमान दुर्घटना ग्रस्त भएको बताए ।

यस्तो छ विमान दुर्घटनाको कारण

बिमान स्थलका म्यानेजर क्षेत्रीका अनुसार विमान नियन्त्रण कक्ष (कन्ट्रोल रुम) को निर्देशन नमान्दा विमान दुर्घटनामा परेको हो । प्राविधिक भाषामा ९ नर्टिकल माइलबाट आइसकेपछि टावरले चालक दलका सदस्यलाई जिरो पोइन्ट २ (कोटेश्वर तर्फ) बाट अवतरण गर्न निर्देशन दिएको थियो । तर पाइलटले ‘म २ प्वाइन्ट जिरोबाट ल्याण्ड गर्छु भन्दै उत्तर तिर (वौद्धतर्फ) बाट ल्याण्ड गर्न खोज्दा विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको म्यानेजर क्षेत्रीले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक