२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा: जोखिममा पढ्दैछन त्रिपुरा माविका विद्यार्थी

२९ फाल्गुन २०७४, मंगलवार १२:३४

टेकबहादुर शाही/फागुन २९, डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्र्तगत त्रिपुरा माध्यामिक बिद्यालयका बिद्यार्थी ज्यानको जोखिम मोलेर पढ्ी रहेका छन् ।

दुई बर्ष देखि जीर्ण अबस्थामा रहेको भवनमा ज्यानको जोखिम मोल्दै पढ्नु पर्ने बिद्यार्थीको बाध्यता रहेको छ ।


दुई बर्ष पहिले नै हावाहुरीका कारण पटक–पटक छाना उडाए पछि ढुङ्गाले थिचेर पठनपाठन संञ्चालन गर्दै आएको बिद्यालयले जानकारि दिएको छ । बिद्यालयको तीन कोठे भवन जिर्ण छ,तीन बर्ष देखि जिर्ण भवनमानै प्रावि र निमाविका कक्षाहरु संञ्चालन गर्नुपर्ने बाध्यता छ,”प्रधानाध्यापक रमानन्द उपाध्यायले दुखेसो पोखे । उनि भन्छन कति बेला जस्तालाई थिचेका ढुङ्गा खसेर शिक्षक बिद्यार्थीको ज्यान जाने हो थाहा छैन् ।

भवन मर्मतका लागि जिशिका लगाएतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तरपनि कसैले नसुनेको शिक्षकको गुनासो छ । हाल कक्षा १,२,३ र ६ संञ्चालन गर्दै आएको भवन एकदमै जिर्ण छ । भवन जिर्ण छन हावा हुरिको समयो आयो डरैडरमा कक्षा कोठा भित्र जानु पर्छ ढुङ्गाले थिचेर घटना घट्ने हो टुङ्गो छैन् शिक्षक लोकश खत्रीले चिन्ता ब्यक्त गरे । 

“पटक–पटक हावाले छानो पल्टाउँछ,शिक्षक बिद्यार्थीहरु मिलेर त्यही छानो ओल्टाई पल्टाई कोठा ढाकेर पठन पाठन गर्न बाध्यता रहेको छ अभिभाबकहरु बताउछन । अभिभाबकहरु भन्छन यो ठाउ भन्दा अन्त कक्षा गर्न आर्थिक अभाब छ श्रमदानबाट मात्र सक्दैनौ शिक्षा कार्यालयले पनि हेरेन स्थानीय सरकारलाइ गुनासो गरे पनि सुनवाइ हुने देखिएन । 

त्रिपूराकोटमा जिल्लाकै सबै भन्दा तीब्र बेगमा हावा लाग्छ बिद्यालयको छाना ढुङ्गाले थिचेर छाएको छ दिनभर हावाले हल्लाउँदा डरले पढाइमा ध्यान दिन सकिदैन कक्षा ६ मा अध्ययनरत बिद्यार्थी बिनिता श्रेष्ठले बताइन । उनि भन्छीन कति दिन यसरि पढ्न सकिन्छ पढ्न भन्दा धेरै ध्यान छाना उडाउछ कि भन्नेमा जान्छ ।

भवन मर्मतको लागि विभिन्न संघ संस्थामा पहल गरेपनि कसैले पनि नसुनेको बिद्यालय ब्यबस्थापन समितिको भनाइ छ । जिल्ला भित्र रहेका जिर्ण बिद्यालय मर्मतका बर्षेनी लाखौँ रुपैया आँउछ तर हाम्रो बिद्यालयलाई कहिल्यी हेरेन् शिक्षक अभिभावक संघका अध्यक्ष पुरी प्रसाद हमालले बताए । तर शिक्षामा त्यसरि कुनै पनि मागहरु नआएको र अब स्थानीय सरकारले नै गर्ने जिल्ला शिक्षा कार्यालयको दावी छ । 

अब त गाउगाउमा सिँहदरवार छ,बिद्यालयमा सहयोग गर्छ कि भन्ने आसा छ अध्यक्ष हमालले आफनो जिज्ञासा सुनाइन । सुनौलो भविश्य बोकेका भविश्यका कर्णाधार कलिला बालबालिकालाई कक्षा कोठामा ढुक्कसँग पढ्ने बाताबरण बनाउनका लागि अभिभाबकहरुले सबैमा आग्रह गरेका छन । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की