२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाच्छाका महिलाहरुद्वारा गाउँमै मैनवत्ती उत्पादन

२०७२, २८ कार्तिक शनिबार ०९:३३

कात्तिक २८, पर्वत / पर्वतको बाच्छाका महिलाहरुले तिहारमा सबैभन्दा बढि खपत हुने मैनवत्ती गाउँमै उत्पादन गर्न सक्षम भएका छन् । महिला सञ्जाल बाच्छाको आयोजनामा तालिम लिएका गाविसका महिलाहरुले मैनवत्ती उत्पादन गरेर यसपालीको तिहारमा गाउँभरिका घरहरु उज्यालो बनाएका छन् ।

बजार क्षेत्रमा र विजुली पुगेका ठाउँमा झल्लरको प्रयोग भएपनि अहिलेसम्म बिजुली नपुगेको बाच्छामा भने स्थानीय उत्पादन मैनवत्तीले गाउँ झिलिमिली भएको हो । महिला सञ्जालको आयोजनामा भएको तालिममा सहभागीहरुले यसैलाई व्यवसायिक बनाउने सोचका साथ घर घरमा उद्योग नै सञ्चालन गरेका छन् । गएको असारमा सातदिने तालिम लिएका महिलाहरुले गाउँमा उत्पादन गरेको मैनवत्ती बेचेर राम्रो आम्दानी गरेको महिला सञ्जाल वाच्छाकी अध्यक्ष डम्बरकुमारी गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार गाविसमा जाने लक्षित बर्गको बजेटले महिलाहरुले मैनवत्ती उत्पादन सम्बन्धी तालिम लिएर उद्यमी बनेका हुन् । गत असारमा प्रशिक्षक सीता केसी र राष्टिय उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरिता भण्डारी सरुले उनीहरुलाई तालिम दिनुभएको थियो । तालिम लिएर अन्य ठाउँका महिलाहरुले यसरी व्यवहारमा उतारेका थिएनन् । बाच्छा गाविसका महिलाहरुले भने उद्यम नै सञ्चालन गरेपछि गाविस भरिका महिलाहरु तालिम लिएका महिलाहरु संग सीप सिक्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?