नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्यु"/>
नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्यु"/>
चैत्र २, काठमाडौँ | नेपालकै पहिलो सिइओ अफ दि इयरको उपाधि कुलमान घिसिङ्गले पाएका छन् ।
नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ्गले जित्न सफल बनेका हुन । बुधबार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ सम्मेलनमा ८ बिधामा अवार्ड वितरण गरिएको छ ।
सिइओ अफ दि इयरसहित पपुलर सिइओ अफ दि इयर र सिइओ अफ दि इयर पब्लिक सेक्टरको उपाधिमा कुलमान घिसिङ्गले जितेका हुन् । सिइओ अफ दि इयर योगमा इसेवाका अगजर अलि, सिइओ अफ दि इयर वोमनमा द्धारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ, सिईओ अफ दि इयर एसएमईमा पोखराकि महिला उद्यमी र सिइओ अफदि इयर प्राइभेट सेक्टरमा बुद्ध एयरका प्रमुख वीरेन्द्र बस्नेतले जितेका हुन । जुरी च्वाइस अवार्ड भने तिलगंगा आँखा अस्पतालका चिकित्सक डा.सन्दुक रोइतलाई प्रदान गरिएको छ ।
अवार्ड समारोहको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।