२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिका; महिला संजालको अध्यक्षमा भण्डारी सर्वसम्मत

३ चैत्र २०७४, शनिबार १३:३७

शिला पाण्डे | चैत ३, पर्वत । कुश्मा नगरपालिका ६ मा सक्रिय महिला संजालको अध्यक्षमा सरिता भण्डारी सरु सर्वसम्मत रुपमा चयन भएकी छिन् । वडा कार्यालयको शुक्रबार बसेको भेलाले सरिता भण्डारी शरुको अध्यक्षतामा १५ सदस्यीय  कमिटि गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा भिम कुमारी चालिसे, उपाध्यक्षमा  याम कुमारी परियार, सचिवमा सिता केसी, कोषाध्यक्षमा गीता गिरी, सहसचिवमा संगिता रेग्मी लामिछाने, सहकोषाध्यक्षमा विष्णु कुमारी गिरी (विजुला) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बाग्मती गिरी, केशमा पुरी, पुष्पा गिरी, शान्ति  गुरुङ, मन्जिला खातुन, ज्ञान कुमारी पुन,शान्ति आचार्य, रञ्जु पौडेल गिरी रहेका छन् ।

सोही भेलाले  पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा कमला प्रधान, पवित्रा गिरी, नन्दकली पोख्रेल, शोभा गिरी, सुनिता गिरी रहेका छन् ।

कुनपा ६ का वडा अध्यक्ष रुद्र गिरीले सक्रिय महिला संजाललाई वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले महिलाहरुको हकहित र वडाको विकासको लागि सक्रिय महिला समुहको सक्रियता रहने समेत बताए ।

सरिता भण्डारी सरुले महिलाहरुलाई शसक्तिकरण गर्दै विभिन्न सिप मुलक तालिमबाट महिलाहरुलाई नेतृत्व, क्षमता विकासमा जोड दिने बताइन् । कार्यक्रमको संचालन सचिव सिता केसीले गरेकी थिइन भने कार्यक्रममा स्वागत भिम कुमारी चालिसे र धन्यबाद मन्तव्य गिता गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै