२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लुगा सिलाएरै जीवन गुजार्दै दार्चुलाका ग्रामीण महिला

२०७४, ५ चैत्र सोमबार ०८:३२

चैत ५, दार्चुला | वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसीबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौंदेखि घाँस दाउरा गर्दै जीवन जीउँदै आएका यहाँका महिला अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका हुन् । 

कोट, पाइन्ट स्काप र स्विटर सिलाउने तथा बुन्ने प्रशिक्षण लिएर ग्रामीण भेगका महिला अहिले मासिक हजारौँ बचत गर्न सफल भएका छन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाउँदै आएका उनीहरुले मासिक बचत पनि गरिरहेका हुन् । जिल्लाको नौगाड गाउँपालिका–३ की २१ वर्षीया पशुपति ठगुन्नाले घरको दैनिक कामसंगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिंदै आउनुभएको छ । 

कक्षा ९ सम्म पढ्नुभएकी उहाँले नौगाड गाउँपालिकाको खारमा रहेको श्री भूमिराज अल्लो प्रशोधन तथा साझा सुविधा केन्द्रमा अल्लोका कोट, पाइन्ट, विभिन्न किसिमका आकर्षक स्काप सिउने व्यवसायबाट मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट गाउँमै सिलाइ कटाइको तालीम लिएपछि ठगुन्नाको दिन फेरिएको छ । 

बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन उहाँ व्यस्त हुनुहुन्छ । सीप सिकेर व्यवसाय सञ्चालन गरेपछि ठगुन्नालाई अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको र अब केही गर्नुपर्छ भनेर मनोबल बढाउनुभएका उहाँ भन्नुहुन्छ, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । 

यस्तै श्रीमान्को कमाइले घर चलाउन धौधौ पर्न थालेपछि नौगाड गाउँपालिकाकै सिप्टी–६ की ४० वर्षीया कलावती ठगुन्नाले पनि अल्लो प्रशोधन गरी राडीपाखी, स्काप, बुन्न थालेपछि उहाँको दैनिकीमा परिवर्तन आएको छ । 

ठगुन्ना भन्नुहुन्छ्, “सीप सिकेर भएको आम्दानीले घरखर्च र चार छोरा छोरीलाई राम्रैसंग शिक्षा दिइरहेकी छु यसबाट आनन्द महसुस हुनाका साथै वार्षिक घरको खर्च सबै कटाएर रु १० हजार बंैकमा जम्मा गर्ने गरेकी छु ।” स्थानीय अल्लोबाट उत्पादन गरिएका कोट, पाइन्ट, स्काप, राडीपाखीको बजार खासै नभएको उहाँको गुनासो छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी