2026-09-15 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एउटै लेखापाल तीनवटा कार्यालयको लेखा फाँट हेर्छन्

चैत ५, बैतडी | लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा यहाँका सरकारी कार्यालयमा समस्या भएको छ । 

बैतडीमा एउटै लेखापालले तीन÷तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखाफाँट हेर्दै आउनुभएको छ । कोष, प्राविधिक कार्यालय सदरमुकाम र भू–संरक्षण कार्यालय सदरमुकामबाट ४० किलोमिटर टाढा पाटनमा पर्छ । दुईतिर कार्यालय भएपछि उहाँलाई समय मिलाउन हम्मेहम्मे पर्छ । 

कार्यालयको लेखासम्बन्धी काम साँझ बिहान गरेर भ्याउन नसकेको उहाँको दुखेसो छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत लेखापाल दीपक ओझाले दुई कार्यालयको लेखा फाँट सम्हाल्दै आउनुभएको छ । स्वास्थ्यमा कार्यरत उहाँलाई काजमा पञ्चेश्वर गाउँपालिकाको लेखा हेर्ने जिम्मा थपिएको छ । पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई÷तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् । 

दुई÷तीन कार्यालय हेर्नु पर्दा समयमै काम सम्पन्न नभएर सेवाग्राही मारमा परेका छन् भने लेखापालसमेत समस्यामा छन् । “गाउँपालिका पुग्न एक दिन लाग्छ,” लेखापाल ओझाले भन्नुभयो – “कहिले स्वास्थ्य कहिले गाउँपालिका हेर्नुपर्दा खाना खानेसमेत फुर्सद छैन ।” दुवै कार्यालयको कामको चापका कारण समयमै काम गर्न नसकिएको उहाँको भनाइ छ । 

जिल्लास्थित आधा दर्जन सरकारी कार्यालय पाटनमा छन् । सदरमुकाम र पाटन दुवैतिरका कार्यालय हेर्दै आएका लेखापाललाई मात्र होइन थप गाउँ÷नगरपालिकाको लेखा हेर्न सास्ती हुने गरेको जिल्ला निर्वाचन र मेलौली नगरपालिकाको लेखा हेर्दै आउनुभएका भानदेव जोशीले बताउनुभयो । 

संघीय पुनःसंरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीय तहको लेखा हेर्ने जिम्मा दिइएपछि कार्यबोझ बढेर समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । 

“सदरमुकामस्थित कार्यालय पुग्दा लेखापाल गाउँ÷नगरपालिकातिर हुन्छन्,” मेलौलीका सुरत पार्कीले भन्नुभयो, एउटै व्यक्तिले दुईतिरको कार्यालय हेर्नुपर्दा समयमा काम हुन सकेको छैन ।” स्थानीय तहले समयमै उपभोक्ता समिति गठन नगरिँदा र लेखापालको अभाव हुँदा विकास बजेट थोरै मात्र खर्च गर्न सकेका छन् । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा जिल्लाका स्थानीय तहले औसतमा करीब ३० प्रतिशतमात्रै विकास बजेट खर्चेका छन् । 

फिल्डमा हुने योजनाको सबै काम सकिए पनि लेखापालको नियमित उपस्थिति नहुँदा भुक्तानीमा ढिलाइ हुने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । लेखापाल नियमित नहुँदा वित्तीय प्रगतिसमेत गर्न नसकेको गाउँपालिकाको भनाइ छ । दरबन्दीअनुसार कर्मचारी भए जनताले परिवर्तन महसुस गर्ने गरी विकास गरेर देखाउने सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टको अठोट छ । स्थानीय तहका कतिपय वडामा सचिवसमेत छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ