२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एउटै लेखापाल तीनवटा कार्यालयको लेखा फाँट हेर्छन्

२०७४, ५ चैत्र सोमबार ०९:२०

चैत ५, बैतडी | लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा यहाँका सरकारी कार्यालयमा समस्या भएको छ । 

बैतडीमा एउटै लेखापालले तीन÷तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखाफाँट हेर्दै आउनुभएको छ । कोष, प्राविधिक कार्यालय सदरमुकाम र भू–संरक्षण कार्यालय सदरमुकामबाट ४० किलोमिटर टाढा पाटनमा पर्छ । दुईतिर कार्यालय भएपछि उहाँलाई समय मिलाउन हम्मेहम्मे पर्छ । 

कार्यालयको लेखासम्बन्धी काम साँझ बिहान गरेर भ्याउन नसकेको उहाँको दुखेसो छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत लेखापाल दीपक ओझाले दुई कार्यालयको लेखा फाँट सम्हाल्दै आउनुभएको छ । स्वास्थ्यमा कार्यरत उहाँलाई काजमा पञ्चेश्वर गाउँपालिकाको लेखा हेर्ने जिम्मा थपिएको छ । पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई÷तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् । 

दुई÷तीन कार्यालय हेर्नु पर्दा समयमै काम सम्पन्न नभएर सेवाग्राही मारमा परेका छन् भने लेखापालसमेत समस्यामा छन् । “गाउँपालिका पुग्न एक दिन लाग्छ,” लेखापाल ओझाले भन्नुभयो – “कहिले स्वास्थ्य कहिले गाउँपालिका हेर्नुपर्दा खाना खानेसमेत फुर्सद छैन ।” दुवै कार्यालयको कामको चापका कारण समयमै काम गर्न नसकिएको उहाँको भनाइ छ । 

जिल्लास्थित आधा दर्जन सरकारी कार्यालय पाटनमा छन् । सदरमुकाम र पाटन दुवैतिरका कार्यालय हेर्दै आएका लेखापाललाई मात्र होइन थप गाउँ÷नगरपालिकाको लेखा हेर्न सास्ती हुने गरेको जिल्ला निर्वाचन र मेलौली नगरपालिकाको लेखा हेर्दै आउनुभएका भानदेव जोशीले बताउनुभयो । 

संघीय पुनःसंरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीय तहको लेखा हेर्ने जिम्मा दिइएपछि कार्यबोझ बढेर समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । 

“सदरमुकामस्थित कार्यालय पुग्दा लेखापाल गाउँ÷नगरपालिकातिर हुन्छन्,” मेलौलीका सुरत पार्कीले भन्नुभयो, एउटै व्यक्तिले दुईतिरको कार्यालय हेर्नुपर्दा समयमा काम हुन सकेको छैन ।” स्थानीय तहले समयमै उपभोक्ता समिति गठन नगरिँदा र लेखापालको अभाव हुँदा विकास बजेट थोरै मात्र खर्च गर्न सकेका छन् । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा जिल्लाका स्थानीय तहले औसतमा करीब ३० प्रतिशतमात्रै विकास बजेट खर्चेका छन् । 

फिल्डमा हुने योजनाको सबै काम सकिए पनि लेखापालको नियमित उपस्थिति नहुँदा भुक्तानीमा ढिलाइ हुने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । लेखापाल नियमित नहुँदा वित्तीय प्रगतिसमेत गर्न नसकेको गाउँपालिकाको भनाइ छ । दरबन्दीअनुसार कर्मचारी भए जनताले परिवर्तन महसुस गर्ने गरी विकास गरेर देखाउने सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टको अठोट छ । स्थानीय तहका कतिपय वडामा सचिवसमेत छैनन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु