राष्ट्रियसभामा निर्वाचित भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रियसभामा निर्वाचित भए"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अबको पालो विकास र समृद्धि: तिमिल्सिना

६ चैत्र २०७४, मंगलवार १२:२२

चैत ६, पर्वत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धिको भएको बताउनुभएको छ । 


राष्ट्रियसभामा निर्वाचित भए पनि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै लामो समयको संघर्षपछि मुलुकमा दिगो सरकार बनेकाले समृद्धिको निम्ति काम गर्नुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानून निर्माण गर्ने र त्यसपछि सबै तहमा काम गर्न सहज हुने उल्लेख गर्दै नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेकाले यिनै स्रोतहरुको भरपूर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

कृषि, पर्यटन, जलस्रोत, खानीको अपार सम्भावना भए पनि स्थिर सरकार नहुँदा तिनीहरु टुंगोमा पुग्न नसकेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब समृद्ध राष्ट्र बनाउनका लागि वातावरण बनेको समेत बताउनुभयो । तिमिल्सिनाले हिजो संविधान निर्माण गर्दा जसरी सबै दलको सहमतिमा बन्यो त्यही रुपमा मुलुकको नवनिर्माणका लागि अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले संघीय संसद् र प्रदेश संसद्मा आवश्यक कानून नहुँदा काम गर्न कठिनाइ भएको बताउँदै दुवै तहमा शीघ्र नीति र कानून निर्माण गरेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो । तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य तथा मान्यतामा आधारित भएर आफूले काम गर्ने बताउनुभयो । उहाँले लोकतन्त्र बचाउन र राष्ट्रियसभाको गरिमा बचाउँदै यसको मूल्य र मान्यताको रक्षाका लागि आफूहरूले भरपूर प्रयास गर्ने स्पष्ट पार्नुभयो । 

सो अवसरमा तिमिल्सिनालाई जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने