टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन ।

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो पटक कम्प्यूटर प्राविधिक शिक्षाबाट एसईई परिक्षा दिदै

७ चैत्र २०७४, बुधबार १२:४६

टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन ।


डोल्पा जिल्लामा पहिलो पटक प्राविधिक शिक्षा तर्फ त्रिपुरा माध्यामीक विधालयका परिक्षार्थी सरस्वती मावी दुनै केन्द्रबाट परिक्षा दिने भएका हुन । 

चैत्र ८ गतेबाट हुने माध्यामिक शिक्षा परिक्षा एसइइ परिक्षामा डोल्पाबाट छात्रा ३१५ र छात्र ३५० जना गरी ६६५ जनाले परिक्षा दिने भएका छन । जिल्लाका ४ वटा परिक्षा केन्द्रमा १५ वटा माबिका विधार्थीहरुले परिक्षा दिने जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले जानकारि दिए ।

गत बर्षमा ३ वटा केन्द्र थिए भने यस बर्ष थप एक परिक्षा केन्द्र सहित ४ वटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन हुने भएको छ । परिक्षा सञ्चालन हुने केन्द्रहरुमा सरस्वती माबी दुनै, आदर्श माबी जुफाल,जनप्रभा मावि लिकु र त्रीपुरा मावि  काईगाउ रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । 

डोल्पाबाट नियमीत तर्फ ६ सय १२ र एक्जाम्टेड तर्फ ५३ जनाले एसईईको परिक्षा दिने छन ।  परिक्षार्थिहरुले निर्धकक रुपमा परिक्ष दिन पाउन भनेर सबै सुरक्षा ब्यवस्था लगायत अन्य ब्यवस्थापन भरपर्दो र बलियो बनाइएको प्रमुख जिलला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने बाहिरी कुनै हस्तक्षेप हुने छैन बिद्यार्थिले डुक्कसंग लेख्न पाउनेछन अनुगमनमा जानेले मिया अनुकुल मिलाएर चेकर्जाच गर्नेछन ।  

डोल्पा जिल्ला भरिबाट जम्मा ६६५ जनाले परिक्षामा सहभागीता जनाई परिक्षा दिने भएका जिल्ला शिक्षा कार्यलय डोल्पाले जनाएको छ । परिक्षा मर्यादित र सवार्द पुर्ण बाताबणमा सम्पन्न गर्नको लागी सबै तयारी भएको जिल्ला शिक्षा अधिकारी काफ्लेले बताए ।    जिल्ला भरका लागि प्रत्यक परिक्षा केन्द्रमा २५ जना कर्मचारीहरु र १० देखि १५ जनाक सुरक्षा कर्मिहरु सहित ३५ जना रहनेछन । उच्च सुरक्षा र मर्यादित बनाउन सबै तयारी पुरा गरिएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो