२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दलितको हातबाट गैरदलितले जुस र पानी पिए

२०७४, ७ चैत्र बुधबार १६:००

टेकबहादुर शाही | चैत्र ७, डोल्पा । ५३ औँ अन्र्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवसमा  दलितको हातबाट गैरदलितले पानि र जुस पिएका छन । त्रिपुरा सुन्दरी नगरपालिका उपप्रमुख चन्द्रा कुमारीबुढा,त्रिपुरासुन्दरी नगरपालिकाका समाजसेवी दिल बहादुर बिष्ट,अन्तरपार्टी महिला संञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउने,त्रिपुरा सुन्दरी नगरपालिका २ का वडा अध्यक्ष नन्द बहादुर थापा लगाएतका गैरदलितहरुले दलितको हातबाट जुस र पानी पिएर जातिय बिभेद न्युनिकरणको शन्देस दिए हुन ।


त्रिपूरा सुन्दरी नगरापालकिाको त्रिपूराकोट बगरमा भएको कार्यक्रमा अन्र्तजातिय बिबाह गर्ने जोडिलाई दोसल्ला र टोपी लगाएर सम्मान गरिएको केड नेपाल डोल्पाले जनकारी दिएको छ । त्रिपुरा सुन्दरी नगरापलिका १ अन्तर्गत रल्ली गाँउका हरी कुलाल र हरिमाया थापालाई नगर उपप्रमुख चन्द्र कुरामारी बुढा र वडा नं १ का अध्यक्ष कर्मसिँह थापाले अविर र दोसल्ला ओडाएर संयुक्त रुपमा सम्मान गरेका हुन ।

डोल्पा जातिय बिभेद बड्दो अवस्थामा भएकोले जातिय बिभेद उन्मुलनको आन्दोलनलाई सहयोग गर्न दलित,गैर दलित र अधिकारबादीहरुलाई डोल्पा दलित सशक्तिकरण केन्द्रका अध्यक्ष हरीचन्द्र बिटालुले आग्रह गर्नु भएको थियो ।

“डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै”

डोल्पामा दलित अधिकार सम्बन्धि काम गर्दै आएको गैह्र सरकारी संस्था केड नेपालका प्रतिनिधि लिला टमाटाले डोल्पामा छुवाछुतको अवस्था भयाबह रहेको बताए ।उनका अनुसार आफुहरुले सर्वेक्षण गरे अनुसार  डोल्पामा  अझै ८० प्रतिशत भन्दा माथि जातिय बिभेद हुने गरेको पाईएको जानकारी दिए ।

डोल्पामा मान्छे मरेको बेला क्रियापुर्ती र उसका परिवारले समेत दलितसँग कुरा समेत नगर्ने गरेको पाईको छ,यो एकदमै अमानविय ब्यबहार हो,यसको उन्मुलनका लागि जिल्लाका सम्पुर्ण सरोकारवाला र बिशेष गरेर स्थानीय सरकार चनाखोहुनु पर्नेमा जोड दिए । उनले भने डोल्पाकै एक बिद्यालयमा पढाउने सरहरुले समेत दलित बिद्याथीको हातबाट पानी नखाने गरेको पाईएको छ यस्ता कुराहरुको अन्त्य हुनु पर्छ ।


अझै पनि डोल्पाका मठ मन्दिर,धारा,कुवा लगाएतका सार्वाजानिक सम्पदाहरुमा दलितलाई प्रवेशमा रोक लगाएकोमा दलित अधिकारबादीले दुख ब्यक्त गरेका थिए । डोल्पाको ईतिहाँसमै पहिलो पटक भएको कार्यक्रममा दलितहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

दिबस मनाउन बुधबार त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा जिल्लाभरीका दलित समुदाय,जातिय बिभेद न्युनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको अगुवाईमा शोषित पिडित एक हौँ,छुवाछुतको अन्त्य गरौँ,मान्छेको जात मान्छेनै हो जस्ता दर्जनौ नारा अंकित प्लेकार्ड पञ्चेबाजा सहित ¥याली निकालिएको थियो ।

जिल्ला स्तरीय रुपमा मनाईएको दिबसमा विभिन्न क्षेत्रबाट सहभागी भएका दलित समुदायले जातिय विभेद विरुद्धका शन्देसमुलक नाचगान,देउडा,नाटक,मुक्तक लगाएत शन्देसमुलक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने